एमाले कार्यकर्ताले लगाए जिल्ला पार्टी कार्यालय मकवानपुरमा ताला
मकवानपुर । नेकपा एमाले जिल्ला कार्यालय मकवानपुरमा ताला बन्दी गरिएको छ । नेकपा एमालेले मकवानपुरको क्षेत्र नंबर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
एमालेका केहि कार्यकर्ताहरु पार्टी कार्यालय पुगेर तालाबन्दी गरेका हुन् । दुई दिन अघि मात्र एमाले केन्द्रीय सदस्य रामेश्वर रानाको टिकट फाईनल भएपनि अन्तिममा थापालाई टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट बनेका हुन् ।







