समाज/राजनीति

बागमती प्रदेशसभा सदस्यको शपथ १४ गते हुने

मकवानपुर । बागमती प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १४ गते बिहीबार हुने भएको छ । शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिए ।...

राष्ट्रिय निकुञ्ज भित्र फर्निचरको नाममा अबैध काठ तस्करी

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनोमानी रुपमा फर्निचर सन्चालन भैरहेको छ । निकुञ्जको मकवानपुरको मनहरी र हेटौँडा उपमहानगर सिमा क्षेत्र भित्र अबैध फर्निचर उद्योग सञ्चालन भएको पाईएको हो । हाल निकुञ्ज क्षेत्र एक सय भन्दा बढि फर्निचर सन्चालनमा रहेका छन् । उक्त फर्निचर मध्ये धेरैको संख्यामा दर्ता नगरी...

प्रदेशसभाको समानुपातिकतर्फ पनि एमाले अगाडि, कांग्रेस पछि–पछि

काठमाडौँ । प्रदेशसभाको समानुपातिकतर्फ ६ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने कांग्रेस अगाडि देखिएको छ । बिहान ११ः३० बजेसम्म प्रदेश १ मा १७ लाख १५ हजार पाँच...

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको नेकपा एसको सचिवालय बैठकले अहिलेकै गठबन्धनलाई नै निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो । बैठकले चुनावी परिणाम भने सोचेजस्तो नआएको निष्कर्ष निकालेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । ‘चुनावी...

धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौँ । धनुषा– ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२२३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले ३२११२ मत ल्याएका छन् । महासेठ यसअघि पनि धनुषाबाटै विजयी...

बागमती प्रदेशको मुख्यमन्त्री बन्न सक्ने सम्भावित अनुहार

मकवानपुर । मतगणना अन्तिम चरणमा रहेसँगै सरकार गठनबारे पनि चर्चा सुरु भइसकेको छ । बागमती प्रदेश सरकारमा सरकार कसको बन्ने र नेतृत्व कसले गर्ने भन्नेबारे चर्चा भइरहेको छ । बागमतीमा १३ वटा जिल्ला छन् । जसमध्ये उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सांसदहरूको संख्याले सरकार गठनमा निर्णायक भूमिका खेल्छ...

कांग्रेसका तीन सहमहामन्त्रीले हारे चुनाव

मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसका तीन जना सहमहामन्त्रीले चुनाव हारेका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे र खानेपानीमन्त्रीसमेत रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका हुन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक पराजित भएकी छिन् । ०७४ मा मकवानपुर–२ बाट उम्मेदवार रहेकी उनी...

मतदातालाई धन्यवाद दिदै थापाले भने– ‘जनताको काममा निरन्तर क्रियाशील बन्ने छु’ 

मकवानपुर । प्रतिनिधि सभा निर्वाचनमा पराजय बनेका मकवानपुर क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाका राज थापा(सुरेश)ले मतदातालाई धन्यवाद दिएका छन् । उनले निर्वाचित भएका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई बधाई दिँदै निर्वाचनमा भ्रम र प्रतिकुलतालाई चिर्दै मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका हुन् । निर्वाचनको मतपरिणाम सार्वजनिक...

मकवानपुरमा समानुपातिक मतगणना सम्पन्न, पहिलो सुर्य, दोस्रो रुख(मतसहित)

मकवानपुर । प्रतिनिधि सभा तर्फ मकवानपुरको समानुपातित मत गणना सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिनिधि सभा तर्फको समानुपातिक मत गणना शुक्रबार सकिएको हो । समानुपातिक मत गणना अनुसार मकवानपुरमा नेकपा (एमाले) पहिलो, नेपाली काँग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो...

समानुपातिकमा कांग्रेस–एमालेले कटाए १० लाख भोट, कमल थापाको पार्टीलाई कति ?

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाख मत कटाएका छन् । निर्वाचन आयोगकाअनुसार अहिलेसम्म प्रतिनिधिसभातर्फको समानुपातिकमा एमालेले सबैभन्दा धेरै १० लाख ४८ हजार १ सय ५७ मत पाएको छ । नेपाली कांग्रेसले १० लाख ३ हजार २ सय ९६ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र...