मकवानपुरमा समानुपातिक मतगणना सम्पन्न, पहिलो सुर्य, दोस्रो रुख(मतसहित)
मकवानपुर । प्रतिनिधि सभा तर्फ मकवानपुरको समानुपातित मत गणना सम्पन्न भएको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिनिधि सभा तर्फको समानुपातिक मत गणना शुक्रबार सकिएको हो ।
समानुपातिक मत गणना अनुसार मकवानपुरमा नेकपा (एमाले) पहिलो, नेपाली काँग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थान पाएका छन् भने नेकपा माओवादी केन्द्र चौथो स्थानमा खुच्चिएको छ ।
जिल्ला भर खसेको १ लाख ७८ हजार १ सय ३८ मध्य नेकपा(एमाले)ले ५० हजार ८ सय ७ मत पाएको छ भने नेपाली काँग्रेसले ३६ हजार २ सय ६४ मत पाएको छ । त्यस्तै रास्वपाले २९ हजार ८ सय ८९, माओवादी केन्द्रले २६ हजार १ सय ३३ मत पाएको छ ।
मकवानपुर क्षेत्र नं १

मकवानपुर क्षेत्र नं २








