धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी

अखबार हब
२०७९ मंसिर १३, मंगलवार १०:५१

काठमाडौँ । धनुषा– ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२२३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले ३२११२ मत ल्याएका छन् ।

महासेठ यसअघि पनि धनुषाबाटै विजयी भएका थिए । धनुषा(३ बाट यसअघि निर्वाचित महासेठ यसपटक धनुषा ४ मा उम्मेदवार बनेका थिए । धनुषा( ३ बाट यसअघि नै उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । महासेठ एमाले सचिव हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*