समाज/राजनीति

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए । प्रतिनिधिसभामा मत विभाजन...

सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् । न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला...

आज सभामुखको निर्वाचन हुँदै, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा

काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दशकपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्मत सभामुख...

एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा (एमाले) ले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। आज १ बजे घिमिरेको उम्मेदवारी दर्ता हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए। ‘अहिले अध्यक्षबाट घिमिरेलाई बनाउने खबर आयो,’ उनले भने,‘आज १ बजे उम्मेदवारी दर्ता हुन्छ।’ २०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा–२ बाट निर्वाचित...

अब संघीय संसदमा तीन सांसद मात्रै प्रतिपक्ष

काठमाडौँ । नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि संघीय संसद अब करिब प्रतिपक्षविहीन भएको छ। प्रचण्डलाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्रबाट चुनाव जितेका सांसद मात्रै रहेका छन्। मंगलबार दिउँसो १ बजे बस्ने संसद बैठकबाट प्रधानमन्त्री प्रचण्डले...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन देउवाले गरेको भाषण (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनबारे दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, उहाँले फेरि पनि संसद विघटन गर्न सकिने कुरा जोडदार उठाउनुभएको छ,’ मंगलबार संसदमा बोल्दै...

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराका हुन् । यसैगरी एमाले दल नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाबाट उद्धव थापाले विनाविभागीय मन्त्रीको रुपमा शपथ...

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमकट्टेल नियुक्‍त

मकवानपुर। बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्‍त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमकट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। ७० प्रदेश सभा सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। बागमती प्रदेशसभामा ११० जना सांसद छन् । मुख्यमन्त्री...

बागमती प्रदेशमा ५ दिनभित्र सरकार गठन गर्न आह्वान

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आहृवान गरेका छन् । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान भएको हो । ‘प्रदेशसभामा प्रतिनिधित्व...

प्रचण्डले २६ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । उनले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै २६ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । ‘तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको...