समाज/राजनीति

एमाले विकासमा विश्वास राख्ने पार्टी : मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले नेकपा एमाले विकासमा विश्वास राख्ने पार्टी भएको बताएका छन् । एमाले अन्य पार्टीहरुजस्तो भ्रम छर्दै हिडने पार्टी नभएको भन्दै जतिबेला एमाले सरकार बन्यो, त्यतिबेला विकासको लहर आएको मन्त्री श्रेष्ठको भनाई रहेको छ । नेकपा एमाले राक्सिराङ गाउँपालिकाको आयोजनामा...

अखिलको नयाँ नेतृत्व छान्न बिहीबार मतदान हुने

काठमाडौँ । अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ । मंगलबार उद्घाटन भएको २३ औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एमालेको जनसंगठन...

सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति

काठमाडौं । सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो । बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा...

अनेरास्ववियु केन्द्रिय सचिवमा पौडेलको उम्मेदवारी घोषणा

मकवानपुर । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनमा केन्द्रीय सचिवमा मकवानपुरबाट विद्यार्थी नेता सन्तोष पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि स्थाई कमिटी सदस्य रहेका पौडेलले फागुन २ गतेदेखि ४ गतेसम्म हुन लागेको महाधिवेशनमा केन्द्रीय सचिवमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन । हेटौंडाको सिद्धार्थ माविबाट अनेरास्ववियूमा...

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ । प्रधानमन्त्रीका प्रेस संयोजक...

उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी छन्। अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएकी हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो। राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ प्रस्तावक थिए भने समर्थकमा...

एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौँ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टी प्रवेश गराएकी हुन्। उक्त दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको गौतमले बताएकी छन्। ‘मलाई देशका पुराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव...

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने भएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिए। सर्वोच्च अदालतको...

एमाले मकवानपुरले गर्यो बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई सम्मान

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले बागमती प्रदेशमा पार्टीका तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई सम्मान गरेको छ । एमाले मकवानपुर पार्टी कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर नवनियुक्त मन्त्रीहरुलाई सम्मान गरेको हो । बुधबार बगमती प्रदेश सरकारमा एमालेबाट एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ र केशव...

माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताए । ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । आजको स्थायी कमिटी बैठकले निर्णय गर्नसक्छ ।’ समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न अहिले...