समाज/राजनीति
बागमती प्रदेशमा ५ दिनभित्र सरकार गठन गर्न आह्वान
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आहृवान गरेका छन् । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान भएको हो । ‘प्रदेशसभामा प्रतिनिधित्व...
प्रचण्डले २६ गते विश्वासको मत लिने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । उनले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै २६ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । ‘तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको...
पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन न्यौपानेलाई रास्वपाको निर्देशन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन पार्टी केन्द्रीय समितिले निर्देशन दिएको छ । आम निर्वाचनको समयमा जिल्ला सभापति न्यौपानेले अन्य पार्टीका उम्मेद्वारसगँको संलग्नतामा आफ्नो उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिका बहुसंख्यक सदस्यहरुले दिएको उजुरीको आधारमा पार्टी केन्द्रीय समितिले उक्त...
ईन्द्र बानियाँमाथि अन्तर्घात गरेको आरोपमा पार्टीमा उजुरी
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँमाथि पार्टी केन्द्रीय कार्यालयमा गम्भीर आरोपसहित उजुरी परेको खुलेको छ । आज (बुधबार) हेटौँडामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा उनी दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित बानियाँ रनुवाकोटबाट विजयी भएका बहादुर सिं लामाबीच दलको नेताका लागि...
नारायणकाजी श्रेष्ठ माओवादीबाट उपप्रधानमन्त्री बन्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् ।
नवनियुक्त प्रधानमन्त्री दाहाललाई मोदीको बधाई
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको केही घन्टामै ट्वीट गर्दै मोदीले बधाई दिएका हुन् । ‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ । भारत र नेपालबीचको विशेष सम्बन्ध,...
दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९...
नयाँ प्रधानमन्त्रीको शपथग्रहण भोली हुने
काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको...
राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुखमा आलोपालो
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा प्रमुख दल बाँडफाँटबारे समेत सैद्धान्तिक सहमति जुटेको छ ।...
देउवाले बोलाए कांग्रेस सांसदहरूलाई बालुवाटार
काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले सांसदहरूको भेला बोलाइएको बताए। आज मध्यान्ह १२ः३० बजेदेखि भेला सुरू हुनेछ। नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहनेछ। देउवा पुस ६ मा संसदीय दलको नेता निर्वाचित भएका...








