समाज/राजनीति
बारा २ मा मतान्तर बढाउँदै उपेन्द्र यादव
काठमाडौं । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ । यादवले १० हजार ४७८ मत ल्याएर अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ४० मत ल्याएका छन् । उनीहरुबीच ३ हजार ४३८ मतान्तर...
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणलाई तीव्रता दिन्छौँ : प्रधानमन्त्री दाहाल
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई–मधेस द्रुतमार्गको निर्माणलाई तीव्रता दिन आवश्यक सम्पूर्ण नीतिगत निर्णय तत्काल गरिने बताएका छन् । मंगलबार द्रुतमार्गको निरीक्षणपश्चात प्रधानमन्त्री दाहालले तीव्र रूपमा काम भइरहेको भन्दै सन्तोष व्यक्त गरेका हुन् । ‘हिजो मात्रै काठमाडौंमा ब्रिफिङ भएको थियो । हामी आज निरीक्षणमा आएका छौं । प्रत्यक्ष...
‘सरकारकै कारण देश चरम आर्थिक र राजनीतिक सङ्कटमा फस्यो’
मकवानपुर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो सरकारका कारण देश चरम आर्थिक र राजनीतिक सङ्कटमा फसेको बताएका छन् । आज शनिबार एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारकै कारण देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको र कर्मचारीलाई तलब खुवाउन समेत वैदेशि ऋण...
गणतन्त्रविरुद्ध पश्चगामी सोंच राख्ने शक्तिहरू सदन र सडकमा सक्रिय : मन्त्री श्रेष्ठ
सिन्धुपाल्चोक । बागमती प्रदेस सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध पश्चगामी सोंच राख्ने शक्तिहरू सदन र सडकमा सक्रिय भइरहेको बताएका छन। मन्त्रालयले आज बुधबार सुकुटेमा आयोजना गरेको सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको समन्वयात्मक बैठकमा बोल्दै मन्त्री श्रेष्ठले त्यस्ता संविधानबिरोधी...
बागमतीमा तीन महिनामा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तीन महिनाको अन्तरालमा आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धन टुटफुटको कारण दुईपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतबार तेस्रो पटक दुई मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र...
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो । रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो । उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल...
पाठक र दहालले गरे माओवादी परित्याग गरेको घोषणा
मकवानपुर । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) मकवानपुर जिल्ला कमिटी सदस्य संजिव पाठक र हेटौंडा नगरकमिटी सल्लाहकार जगदीस दहालले संयुक्त रुपमा पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आइतवार संयुक्त रुपमा एक विज्ञप्ति जारि गर्दै नेकपा(माओवादी केन्द्र) परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध भएको घोषणा गरेका हुन् । ‘बिना...
सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने
काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो...
मकवानपुर । नेकपा एमाले पाेलिटव्यूराे सदस्य पार्वत गुरूङ्गले नेपालकाे राजनीतिमा नेकपा एमाले पहिलाे पार्टी भएकाे बताउनु भयाे । नेकपा एमाले हेटाैँडा ४ नं. वडा कमिटीद्वारा आयाेजित कार्यक्रममा नेता गुरूङ्गले संगठन संरचना, विस्तार, गतिविधि, राष्ट्रिय राजनीतिमा लिएकाे सहि अडान र संघीय निर्वाचन प्राप्त जनमतले नेकपा एमाले पहिलाे पार्टी भएकाे उहाँकाे...
बागमतीमा भागबन्डाको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार अनिश्चित
मकवानपुर । बागमती प्रदेशमा सत्तारुढ दलबीच मन्त्रालय भागबन्डाको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारको योजना अनिश्चित बनिरहेको छ । मुख्यतः नेपाली कांग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबीच भागबन्डा नमिल्दा विश्वासको मत पाएको ११ दिन बितिसक्दा पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । उनकै प्रस्तावमा गठित कांग्रेस...










