पाठक र दहालले गरे माओवादी परित्याग गरेको घोषणा

अखबार हब
२०७९ चैत्र २६, आईतवार १०:२८

मकवानपुर । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) मकवानपुर जिल्ला कमिटी सदस्य संजिव पाठक र हेटौंडा नगरकमिटी सल्लाहकार जगदीस दहालले संयुक्त रुपमा पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

आइतवार संयुक्त रुपमा एक विज्ञप्ति जारि गर्दै नेकपा(माओवादी केन्द्र) परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध भएको घोषणा गरेका हुन् ।

‘बिना आबेग कसैको डर धम्की त्रास र अन्य प्रलोभनमा नपरी बैचारिक रुपले आफुलाई स्वबिबेकले परिबर्तन गर्नु पर्ने महसुस गरेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबै जिम्मेवार बाट अलग भएको घोषणा गरेका छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै आजैबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्धरहनेसमेत विज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published.


*