मकवानपुर । नेकपा एमाले पाेलिटव्यूराे सदस्य पार्वत गुरूङ्गले नेपालकाे राजनीतिमा नेकपा एमाले पहिलाे पार्टी भएकाे बताउनु भयाे ।
नेकपा एमाले हेटाैँडा ४ नं. वडा कमिटीद्वारा आयाेजित कार्यक्रममा नेता गुरूङ्गले संगठन संरचना, विस्तार, गतिविधि, राष्ट्रिय राजनीतिमा लिएकाे सहि अडान र संघीय निर्वाचन प्राप्त जनमतले नेकपा एमाले पहिलाे पार्टी भएकाे उहाँकाे दावी रहेकाे थियाे ।
व्यवस्था परिवर्तनकाे कार्यभार पूरा भईसकेकाेले संघीय लाेकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरणकाे लागि सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण आवश्यक रहेकाे र अभियानकाे नेतृत्व नेकपा एमालेले गरिरहेकाे उहाँले बताउनु भयाे ।
राजनीतिमा जनताकाे गुम्दै गएकाे विश्वासलाई जगाउन नेकपा एमालेका हरेक कार्यकर्ताहरू क्रियाशिल हुनपर्नेमा जाेड दिनुभयाे ।
नेकपा एमाले, हेटाैडा उपमहानगरपालिका कमिटी ४ नं. वडा कमिटीद्वारा आयाेजित भेलाकाे अध्यक्षता अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देलले प्रशिक्षणात्मक मन्तव्य राख्नुभयाे । कार्यक्रममा जिल्ला सचिवालय सदस्य सुनिल मुक्तान, जिल्ला सदस्यहरू भवानी शर्मा, जग्गनाथ पाण्डे, शालिकराम ढकाल, उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपसचिवहरू जनरल श्रेष्ठ, उर्मिला श्रेष्ठलगायतकाे उपस्थिति रहेकाे वडा सचिव प्रकाश सुवेदीले बताउनुभयाे ।







