समाज/राजनीति

बिन्दावासिनीको सांसद बन्ने सपना अधुरै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय र सिफारिसका आधारमा ढाकाकुमार श्रेठको स्थानमा आइतबार नै हेटौंडाकी विन्दाबासिनी कसांकारलाई सांसद बनाइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिइएको हो । सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठले दिएको...

प्रधानमन्त्रीलाई एमालेले जवाफ – टिकट काटेर बसेका छौं, फिल्म देखाउनुस्

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारको फिल्म हेर्न आफूहरू आतुर भएकाले आफूहरू टिकट काटेर बसेको बताएका छन्। आइतबार बजेट अधिवेशनमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणको बारेमा नेकपा एमालेले राष्ट्रियसभामा भदौ २२ गते नै उठाएको पनि उनले जानकारी दिए। शनिबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको...

प्रचण्ड सरकार दशौँ पटक विस्तार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल...

म अभियुक्त बचाउन लागेको भन्ने हल्ला हो : अध्यक्ष ओली

काठमाडौँ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएका छन् । ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग १ घण्टा भन्दा लामो समयसम्म छलफल गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि निस्किने क्रममा ओलीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आफूविरुद्ध हल्ला फैलाइएको बताएका...

प्रचण्ड नैतिक संकटमा, रास्वपाले छाडेपछि बदलियो समीकरण

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नैतिक संकटमा परेका छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नैतिक दबाबमा परेका हुन् । शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको...

रास्वपा सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिँदैछ । आज अपरान्ह बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागितालाई दिएर छलफल गर्नेछ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसमायिक राजनीतिक विषय...

रास्वपा हेटौंडा–११ को नेतृत्वमा सुवोध सुवेदी

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा–११ नम्बर वडा समितिको अध्यक्षमा सुवोध सुवेदी चयन भएका छन् । शनिवार भएको वडा भेलाले सुवेदीको नेतृत्वमा ११ सदस्य वडा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्रबहादुर डंगोल, सचिव सन्तोष खत्री, कोषाध्यक्षमा शान्ति थापा विडारी चयन भएका छन् । पार्टी नगर सभापति ध्रवबहादुर...

बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य

काठमाडौँ । बागमती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको दोस्रो...

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा उनको पद रिक्त भएको जानकारी दिएका हुन्। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय...

भारी मतान्तरसहित रवि लामिछाने फेरि निर्वाचित

काठमाडौँ । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४२९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद...