समाज/राजनीति

१९ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं। नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा पत्रकारबाट १९ जना प्रतिनिधि चयन भएका छन । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् । एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ...

एमालेकै सिको गर्दै माओवादी

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो समय तथानाम गाली गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा भने एमालेकै सिको गरेका छन् । आगामी पुस ११ देखि १३ गतेसम्म हुने महाधिवेशनमा माओवादीले एमालेकै सिको गर्दै समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने निर्णय गरेको छ ।...

वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियोः ओली

धनकुटा । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन् । एमाले धनकुटाले छिन्ताङ्गमा आयोजना गरेको ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताए । आफ्नो...

बन्द सफल पार्न भन्दै हेटौंडामा विप्लव समूहको मसाल जुलुस

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले हेटौंडामा मसाल जुलुस निकालेको छ । पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन अपिल गर्दै मसाल जुलुस निकालेको बताइएको छ । सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

मालेको महासचिवमा सिपी मैनाली पुनः चयन

चितवन । नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन् । मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन् । ‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका...

एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइयोः प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका छन् । सहकर्मी १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला प्रधानन्यायाधीशले आफूमाथि एकपक्षीय ढंगले तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको बताएका हुन् । कार्यपालिकासँग भागबण्डा खोजेको आरोप...

देउवाको नेतृत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन, कसलाई के जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेसले मंसिर अन्तिम साता हुने १४औं महाधिवेशनका लागि मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । १४ औं महाधिवेशन मूल तयारी...

कांग्रेसले पहिलोपटक विधान अधिवेशन गर्ने, १४औं महाधिवेशनबाट नेतृत्वमात्र चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले पहिलोपटक विधान अधिवेशन गर्ने भएको छ । पार्टीको आगामी नीति र कार्यक्रम तय गर्न अलग्गै अधिवेशन गर्ने निर्णय पार्टीका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीले बुढानिलकण्ठमा गरेका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले १४ औं महाधिवेशनलाई विशुद्ध नेतृत्व चयनको रुपमा लिएर...

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो संयोजक, बागमतीको अधिवेशन हेटौंडामा

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ । बुढानिलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बसेको केन्द्रीय समिति बैठकले १६–१७ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सात केन्द्रीय नेतालाई संयोजक तोकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रदेश १ मा पूर्वमहामन्त्री कृष्ण सिटौलालाई तोकेको छ ।...

रवीन्द्र मिश्रले गरे दरवार पार्टीसँग एकता (विज्ञप्तिसहित)

काठमाडौं । रवीन्द्र मिश्र र मिलन पाण्डे नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच पार्टी एकता हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच पार्टी एकीकरण हुने भएको...