बन्द सफल पार्न भन्दै हेटौंडामा विप्लव समूहको मसाल जुलुस

अखबार हब
२०७८ कार्तिक २९, सोमबार १९:५४

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले हेटौंडामा मसाल जुलुस निकालेको छ । पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्द सफल बनाउन अपिल गर्दै मसाल जुलुस निकालेको बताइएको छ ।

सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*