निजगढका मेयर खनाल क्षेत्रीय प्रतिनिधिमा पराजित
बारा । नेपाली कांग्रेसको वडा अधिवेशनमा बाराको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । बाराका सांसदसमेत रहेका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीका विश्वासपात्र मेयर खनाल १० मतले पराजित भएका हुन् ।
निजगढ नगरपालिका वडा नम्बर ९ को सोमबार भएको वडा अधिवेशनको क्षेत्रीय प्रतिनिधिमा उनी पराजित भएका हुन् । ६४ जना मतदाता रहेकोमा मेयर खनालले ३३ मत प्राप्त गरेका थिए ।
जिल्लाको १ सय ६७ वडामध्ये अधिकांश ठाउँमा देउवा समूहका प्रतिनिधि र वडाको नेतृत्व छनोट भएका छन् ।







