समाज/राजनीति
एमाले माहाधिवेशन : मकवानपुरबाट १७ जना प्रतिनिधि सर्वसम्मत
मकवानपुर। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट सर्वसम्मत १७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् । आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा...
बागमती मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल आर्थिक मामिला र लामा स्वास्थ्यमन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज(बिहीबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका पाण्डेले बिहीबार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गरेका हुन् । जम्मकट्टेलले आर्थिक...
नेकपाका महासचिव विप्लव धनगढीमा
धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज...
कांग्रेसले कम्युनिस्टजस्तो भोटको व्यापार गर्दैन, आरक्ष पीडितको समस्या समाधान गर्छौं : एनपी साउद
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर २ स्थित कृष्णपुर नगरपालिका२ मा आरक्ष पीडितसँगको अन्तरक्रियामा नेता साउदले कांग्रेसले इमान नभएको राजनीति नगर्ने बताए । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको राष्ट्रिय निकुञ्ज) बाट विस्थापितहरुको पुनर्स्थापनाका नाममा २२ वर्षदेखि...
एमाले ओखलढुंगा महाधिवेशन प्रतिनिधिका उम्मेदवार : कोही पार्टी सदस्य नै नभएका, कोही ‘फरार’ सूचीका
ओखलढुंगा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले सार्वजिनक गरेको विवरण अनुसार तत्कालीन संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताको उम्मेदवारी परेको...
राप्रपाको महाधिवेशन प्रतिनिधि चयन कार्यतालिका परिमार्जन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यतालिका सरेको छ । बिहीबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन ३–५ मंसिरमा गर्नेगरी कार्यतालिका परिमार्जन गरेको हो । त्यसैगरी बैठकले राप्रपाले सक्रिय सदस्य वापतको रकम जम्मा गर्ने समयावधि २८ कात्तिकसम्म थप गरेको छ । तोकिएको अवधिमा शुल्क...
एमाले महाधिवेशन प्रतिनिधि छनोटः मकवानपुरमा ७३ जनाको उम्मेद्वारी
मकवानपुर। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको छ । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट यो पटक राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित कोटा सहित १७ जना प्रतिनिधि बन्दैछन् । जिल्लाको क्षेत्र...
मुख्यमन्त्री फेर्नेबाहेक यो सरकारले केहि गर्न सकेन- प्रदीप ज्ञवाली
चितवन । नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री परिवर्तन बाहेकका अन्य काम गर्न नसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्ररमादेशबाट बनेको सरकारले ६–६ महिनामा मुख्यमन्त्री परिवर्तन बाहेक जनहितका काम गर्न नसकेको आरोप लगाए । सरकारको काम टिप्पणी गर्न लायक नै...
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया तत्काल स्थगित गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
मकवानपुर । बागमती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका हुन् । प्रदेश सरकारले आफ्नो लगानीमा सुरुङ मार्ग बनाउन नसक्ने र केन्द्र सरकारले बजेट...
एमाले महाधिवेशनमा मकवानपुरबाट १८ जना प्रतिनिधि
मकवानपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मकवापनुरबाट १८ जना प्रतिनिध बनेर जाने भएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ बाट १८ जना प्रतिनिधि जाने भएका हुन् । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट ९/९ जना प्रतिनिधि बनेर महाधिवेशनमा जाने एमाले मकवानपुरका...










