समाज/राजनीति
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया तत्काल स्थगित गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
मकवानपुर । बागमती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका हुन् । प्रदेश सरकारले आफ्नो लगानीमा सुरुङ मार्ग बनाउन नसक्ने र केन्द्र सरकारले बजेट...
एमाले महाधिवेशनमा मकवानपुरबाट १८ जना प्रतिनिधि
मकवानपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मकवापनुरबाट १८ जना प्रतिनिध बनेर जाने भएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ बाट १८ जना प्रतिनिधि जाने भएका हुन् । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट ९/९ जना प्रतिनिधि बनेर महाधिवेशनमा जाने एमाले मकवानपुरका...
आजै जम्मकट्टेल र लामालाई मन्त्री बनाउँदै मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले आज विहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले थप दुई सदस्यीय मन्त्री थप्न लागेका हुन् । उनले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा...
बागमतीमा १ लाख ६४ हजार नाघ्यो एमालेका संगठित सदस्य,मकवानपुरमा मात्रै ९ हजार २ सय भन्दा बढी
काठमाडौं। नेकपा एमाले बागमती प्रदेशमा डेढ लाख भन्दा बढी संगठित सदस्य पुगेका छन । आगामी दशौं महाधिवेशनमा प्रतिनिधि छनोटको दिन कात्तिक २७ नजिक आइरहँदा एमाले बागमतीले १३ ओटै जिल्लाको संगठित सदस्यको बिवरण तयार पार्दा १ लाख ६४ हजार २ सय ३० जना पुगेका हुन । एमाले बागमती प्रदेशका अध्यक्ष...
भागबण्डा पुर्याउन मन्त्रालय फुटाउने तयारीमा प्रदेश १ सरकार
मोरङ । प्रदेश १ सरकारले मन्त्रालय फुटाउने तयारी गरेको छ । गठबन्धनको सरकार रहेको प्रदेशमा सबैलाई समेट्नका लागि मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा लागेको हो । ७ मन्त्रालय रहेको प्रदेशमा ९ देखि ११ सम्म मन्त्रालय बनाउने तयारीमा प्रदेश सरकार रहेको छ । उद्योग, पर्यटन, वन...
रामचन्द्र झा एकीकृत समाजवादीमा प्रवेश गर्दै
काठमाडौं । पुराना नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न लागेका छन्। उनी केही दिनभित्रै एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन्। झा अहिले नेकपा माओवादी केन्द्रमा छन्। आफ्नो राजनीतिक जीवनको अधिकांश समय भने उनले एमालेमा बिताएका थिए। झाले एकीकृत समाजवादी ‘आफ्नो पार्टी’ भएको प्रतिक्रिया दिए।...
राप्रपा मकवानपुरका सल्लाहकारसहित ५ जना कांग्रेस प्रवेश
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला सल्लाहकारसहित विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् । श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा–१६ मा अध्यक्षका उम्मेदवार थिए ।...
एमाले डडेलधुराका अध्यक्ष जोशीसहितका नेताहरु माधव नेपालको पार्टीमा प्रवेश
डडेलधुरा । नेकपा एमाले डडेलधुराका तत्कालीन अध्यक्ष डा. तारा जोशी नेतृत्वको टोली माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ । बुधबार डडेलधुरामा आयोजित कार्यक्रममा नेता जोशसहित तत्कालिन एमाले जिल्ला कमिटीका ७५ प्रतिशत सदस्य एमाले छोडेर समाजवादीमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम...
मुख्यमन्त्री राईले कार्तिक ३० गते विश्वासको मत लिने
मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ३० कार्तिकमा प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने हेतुले नै ३० कार्तिकमा प्रदेश सभाको बैठक बोलाइएको छ । १६ कार्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मत पाए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्...
एमाले ओखलढुंगामा ढुंगेल र सुनुवार गुटबीच टकराव
ओखलढुंगा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ । दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए । सचिवालय बैठकबाटै नेताहरूले गुटका...








