समाज/राजनीति

विधानविपरीत प्रतिनिधि छनोटमा गरेको भन्दै एमाले कैलालीमा विवाद

धनगढी । विधि, पद्धतिलाई लत्याउँदै गैरकानुनी तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा एमालेका कार्यकर्ताले विरोध जनाएका छन् । १० मसिरदेखि चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा काठमाडौँका नेताको आदेशअनुसार प्रतिनिधि छनौट गरिएको भन्दै असन्तुष्ट पक्षले विज्ञप्ति समेत जारी गरेका छन् ।...

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको...

चितवनबाट २८ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट (नामावलीसहित)

चितवन । नेकपा (एमाले)चितवनले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि छनोट गरेको छ । २८ जनाको लागि २ सय ६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरी सर्वसम्मत रुपमा छनोट गरेको हो । महाधिबेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज काशिनाथ...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु मकवानपुरको मसाल जुलुस

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले मसाल जुलुस निकालेको छ । आज(शनिबार) नेकपा एमाले मकवानपुर पार्टी कार्यालय देखि हेटौंडाको बुद्धचोक सम्म अनेरास्ववियु मकवानपुरको आयोजनामा मसाल जुलुस प्रदर्शन गरेको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरूले मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस...

१०औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छान्दै एमाले

काठमाडौं । नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । वडा, नगररगाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०–१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन...

कांग्रेसका निर्वाचन अधिकृतले दिए राजीनामा

काठमाडौं । निर्वाचनको प्रक्रिया अगाडि बढाउन नसकिएको भन्दै कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएका छन्। १७ कात्तिकमा अधिकृत तोकेर पठाइए पनि विनोद कार्कीले जिल्लामा काम गर्ने वातावरण नभएको भन्दै अधिकृतबाट राजीनामा दिएका हुन्। उनको राजीनामापछि भोलिदेखि हुने वडा तहको अधिवेशनको प्रक्रिया नै अवरुद्ध हुन सक्ने देखिएको छ। कार्कीले केन्द्रीय...

राप्रपाद्वारा ७६ जिल्लाको नेतृत्व चयन, भक्तपुरमा नेतालाई कार्यकर्ताले थुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन सकेको छ । भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभाग सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय प्रदान गरेकोमा भक्तपुरमा भने कमल थापा र पशुपति शमशेर...

फुट्यो कांग्रेसको पौडेल समूह, प्रकाशमान एक्लै अघि बढे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूह फुटेको छ। पौडेल समूहका एक सदस्य पूर्व महामन्त्री प्रकाशमान सिंह आगामी महाधिवेशनमा सभापति उठ्ने गरी एक्लै अघि बढेका छन्। यससँगै पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध आसन्न महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सम्भावना टरेको छ। पौडेल समूहबाट सभापतिका...

उपभोक्ता समितिबारे दुई मन्त्रीको विरोधाभास : जनार्दन पोस्ने, झाँक्री खोस्ने

काठमाडौं । उपभोक्ता समितिको विषयलाई लिएर सत्ता गठबन्धनका दुई मन्त्रीहरुबीच नै असमझदारी देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले गरेको निर्णयलाई शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उल्टाइदिएकी छन् । अर्थमन्त्री शर्माले उपभोक्ता समितिमार्फत हुने कामको सीमा वृद्धि गर्दै १ करोडबाट १० करोड पुर्‍याएका थिए । शहरी विकासमन्त्री झाँक्रीले उक्त निर्णयलाई...

शासनलाई मजाक बनाउँदै मनाङे : पीएलाई कार्यवाहक मन्त्री

कास्की । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्री राजीव गुरुङ ९दीपक मनाङे० ले मनाङका युवाको किस्सा सुनाए । भएछ के भने, जिल्लामा बहुउद्देश्यीय कभर्डहल बनाउन बजेट छुट्याइदिन माग गर्दै मनाङका युवाहरू मन्त्री भेट्न पोखरा आएछन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको कायर्कक्षमा...