समाज/राजनीति
एमाले महाधिवेशन असफल बनाउने खेल भइरहेको छ : शाक्य
मकवानपुर । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशन असफल बनाउने खेल भइरहेको बताएकी छन् । पार्टीको महाधिवेशन असफल बनाउन विभिन्न तत्वहरु क्रियाशील भइरहेको उनले दाबी गरिन् । सोमबार वाग्मती प्रदेशको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताइन् । प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी...
ओलीले फेरि भने : एक हप्तामा सरकार ढाल्न सक्छौँ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्न चाहेमा एमालेले एक हप्तामै ढालिदिन सक्ने बताएका छन्। विराटनगरमा सोमबार आयोजित चाडबाड चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई ‘पञ्चमुखी’को संज्ञा दिए । पाँचतिर फर्किएजस्तो उद्देश्यविहीन पञ्चमुखी सरकार सातामै ढाल्न सक्ने उनको दाबी छ...
वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
मकवानपुर। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत हासिल गरेका छन् । वागमती प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा कुल उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत...
वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज(सोमबार) विश्वासको मत लिने भएका छन् । कात्तिक ११ गते चारदलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले पनि विश्वासको मत विभाजन गर्न आन्तरिक तयारी...
बाबुरामलाई ओलीको प्रश्न : कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाउनुभयो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका हुन् । ‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे...
तिहारको शुभकामना सन्देशमा पनि ओलीप्रति माधव नेपालको कटाक्ष
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिहार तथा नेपाल संवत ११४२ को उपलक्ष्यमा शुभकामना सन्देश दिने क्रममा पनि एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका छन् । ओलीको नाम नलिई नेकपा एसका अध्यक्ष नेपालले व्यक्तिवाद, अहंकार, घमण्ड र एकाधिकारवादी सोँचको अन्त्य गर्न सबैलाई अभिप्रेरित गरोस् भन्ने शुभकामना दिएका छन्...
हेटौंडामा बस र मोटरसाईकल ठोक्कियो एकको मृत्यु
हेटौंडा । हेटौंडामा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाट नजिक उक्त दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो । नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नंबरको बसमा बिपरीत दिशावाट...
कांग्रेस नेता बानिँयाद्धारा तिहारको शुभकामना
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले तिहारको पावन अवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तिहार पर्वको अवसरमा उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक...
नेपाल सम्बतले आपसी सद्भावको अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...
एमाले र एकीकृत समाजवादीबीच कार्यक्रममै काउन्टर
खोटाङ । खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन् । एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ–काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ । बुधबार एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्चले अन्नपूर्ण...










