समाज/राजनीति

हेटौंडा आएर जनार्दनले भने – माओवादीलाई सिध्याउन प्रचण्डमाथि हमला भयो

मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले माओवादीलाई समाप्त गर्न प्रचण्डमाथि हमला भएको बताएका छन्। आइतबार हेटौंडामा भएको वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले संविधानमाथि हमला गरेका प्रतिगमनकारी तत्वले माओवादी समाप्त गर्न प्रचण्डमाथि हमला गर्ने काम भइरहेको बताए।...

ओलीले बालुवाटारमा हेली प्याड बनाएर भ्रष्टाचार गरे : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भ्रष्टाचारले सीमा नाघेको दाबी गरेका छन् ।पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ‘म प्रधानमन्त्री हुँदा देशमा यस्तो भ्रष्टाचार थिएन । अहिले त अहो, कति हो कति भ्रष्टचार...

अर्थमन्त्री जनार्दन शर्मा हेटौंडामा

मकवानपुर। नेपाल सरकारका संघीय अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आईपुगेका छन् । नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगरको नगर सम्मेलनलाई सम्बोधन गर्न अर्थमन्त्री शर्मा हेटौंडा आईपुगेका हुन् । अर्थमन्त्री शर्मा हेटौंडा आईपुगिसकेका छन् र केहि समयपछि भेलालाई सम्बोधन...

गठबन्धनलाई भाग पुर्‍याउन जम्बो मन्त्रिपरिषद्को तयारीमा पाण्डे

मकवानपुर । माओवादी र कांग्रेसले चार/चार मन्त्रालय र एक/एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ संकेत गरिसकेका छन् । उनले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेका हुन् । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले...

एमाले बकैया गाउँपालिका अध्यक्षमा दाहाल,सचिवमा भोम्जन

मकवानपुर । नेकपा एमाले बकैया गाउँपालिकाको प्रथम अधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको गाउँपालिका अधिबेशन बाट सर्बसहम रुपमा अध्यक्षमा गोपाल दाहाल चयन भएका हुन् । त्यस्तै अधिबेशनले पालिकाको उपाध्यक्ष सुस्मिता घोरासैनी , सचिवमा फुलमान भोम्जन, उप सचिबमा याङ्ग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान लगायत ७५ सदस्यीय...

एमाले इन्द्रसरोबर गाउँपालिका अध्यक्षमा पुडासैनी,सचिवमा स्याङतान

मकवानपुर । नेकपा एमाले इन्द्रसरोबर गाउँपालिकाको प्रथम अधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको गाउँपालिका अधिबेशन बाट सर्बसहम रुपमा अध्यक्षमा देवकृष्ण पुडासैनी चयन भएका हुन् । त्यस्तै अधिबेशनले पालिकाको उपाध्यक्ष प्रताप लामा, सचिवमा धनविर स्याङतान, उप सचिबमा बैकुन्ठ थापा र उमा लामा लगायत ६३ सदस्यीय सम्पूर्ण सदस्य...

‘चुच्चे नक्सा छाप्दा प्रचण्ड–माधवको छाती चिरियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरेका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतसँग सम्बन्ध बिगार्यो भनेर आफूमाथि...

एमाले भिमफेदी गाउँपालिका अध्यक्षमा थापा,सचिवमा रुम्बा

मकवानपुर । नेकपा एमाले भिमफेदी गाउँपालिकाको प्रथम अधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको गाउँपालिका अधिबेशन बाट सर्बसहम रुपमा अध्यक्षमा सानू थापा मगर चयन भएका हुन् । त्यस्तै अधिबेशनले पालिकाको उपाध्यक्ष सिबराज पुडासैनी, सचिवमा शिव रुम्बा, उप सचिबमा कासिराम बज्यु र मंगलादेबी श्रेष्ठ लगायत ५७ सदस्यीय सम्पूर्ण...

एमाले हेटौंडा नगर अध्यक्षमा पुडासैनी

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा शालिकराम पुडासैनी चयन भएका छन् । आज भएको पालिका अधिवेशनले पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचीवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ, अर्का उपसचिबमा जेन श्रेष्ठ लगायत ८५ सदस्य कमिटी चयन भएको हो ।...

महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् । काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच...