पश्चिम मकवानपुरमा नेपाली काँग्रेस प्रवेश गर्नेको लर्को
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले संगठन बिस्तार र पार्टी प्रवेश कार्यलाई तिब्रता दिदैँ लगेको छ । नेपाली काँग्रेस मनहरीमा आज आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा यस क्षेत्रका चर्चित व्यक्तिहरु काँग्रेसमा प्रवेश गर्नेको लर्को नै लागेको छ । काँग्रेस प्रवेश गर्नेहरुमा उद्योगी, व्यवसायीहरु रहेका छन् ।
नेकपा एमाले, राप्रपा, माओवादी लगायत पार्टीबाट कूल ७ सय भन्दा बढीले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति एबम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानिया लगायतले स्वागत गरेका थिए ।
शुभकामना तथा भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागमती प्रदेश संमसदिय दलका नेता समेत रहेका बानियाले जनताको मतलाई कम्युनिष्टले लात हानेको बताए । कम्युनिष्टहरुले झुटको खेती गर्दै आएको भन्दै त्यस्तो लोभ र त्रासमा भोट हालेर जनताले धोका पाएको समेत उनको भनाइ छ ।
पार्टी प्रवेश गर्नेहरुमा पश्चिम मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय समाजसेवी एबम् पूर्व जिल्ला सदस्य रामचन्द्र बर्ताैला, बर्तमान जिल्ला सदस्य प्रकाश सामरी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष गणेशमान मानन्धर, मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका सदस्यमा निर्वाचित भएका कृष्णहरि बर्ताैला, मिलन लामा, दामोदर पाठक, पार्वती सुवेदी, मनहरीका व्यवसायीहरु एमालेका गीता कर्माचार्य, पद्मराज बर्ताैला, गुणराज बर्ताैला लगायत रहेका छन् ।
त्यसैगरी केहीदिनअघि नेकपा एमालेमा प्रवेश गरेका मनहरी ८ का राजु ब्लोन पुनः काँग्रेसमै फिर्ता हुनु भएको नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस मनहरी गाउँपालिकाको उपाध्यक्ष सूर्यबहादुर रोक्ता, नेपाली काँग्रेसका नेताहरु सन्त चेपाङ,लोक मोक्तान ,ठाकुर तितुङ लागाएतले स्वागत मन्तव्य राखेका थिए ।
त्यसै गरि नवप्रवेशी गणेश मानन्धर, मउवा संघ पश्चिमी क्षेत्र बरिस्ठ उपाध्यक्ष रन्जन कालाखेती,नेपाली काँग्रेस माहासमिमि सदस्य उमा दाहाल , जिल्ला सल्लाहकार भरत पराजुली , जिल्ला सचिव बुद्ध लामा लागाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।










