समाज/राजनीति
प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्दै राजीनामाका लागि पाँच दिनको अल्टिमेटम दिएको छ । बारले आइतबारदेखि बुधबारसम्म सर्वोच्च अदालतभित्रै गर्ने विरोधका कार्यक्रम घोषणा गरेको छ । बुधबारसम्म सर्वोच्चमा एक घन्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने तथा मंगलबार सर्वोच्च प्रांगणमा धर्ना तथा विरोधसभासमेत गर्ने घोषणा बारले...
चुनौतीको चाङमाझ मुख्यमन्त्री राजेन्द्र पाण्डेको सत्तारोहण
मकवानपुर । अनेक रस्साकसीपछि मुख्यमन्त्री बन्न सफल राजेन्द्र पाण्डे बिहीबार शपथ ग्रहण समारोहमा केही हतारिएका देखिन्थे । प्रदेश प्रमुखले उच्चारण गर्नुअघि नै पाण्डेले शपथ ग्रहणका शब्दहरू पढिरहेका थिए । मुख्यमन्त्री बन्नैका लागि संघीय राजनीतिबाट प्रदेशमा आएका पाण्डेलाई सत्तारोहण गर्न ४२ महिना कुर्नुपर्यो । जसका कारण पनि उनी हतारोमा हुन सक्छन् । एमालेबाट निर्वाचित...
एमाले मकवानपुरको आठ वटा स्थानीय तहमा आज अधिवेशन, दुइवटामा सकियो
मकवानपुर । एमाले मकवानपुरको आठ वटा स्थानीय तहमा आज अधिवेशन हुँदै छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा भने पालिका अधिवेशन सकिएको छ । नेकपा एमाले मकवानपुरको जिल्लाभरको स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन आज हुने भएको हो । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशभर कात्तिक ९ गते पालिका अधिवेशन...
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे र मन्त्रीहरुले लिए शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। बुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। अल्पमतमा परेपछि मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन्। यस्तै, आज नै माओवादी केन्द्रबाट सामाजिक...
पाण्डेले आजै अपरान्ह मुख्यमन्त्रीको शपथ लिने,अन्य तीन मन्त्रीको शपथ पनि आजै
मकवानपुर । बुधबारको प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिए सँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । शाक्यको राजीनामापछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए । बहुमत (५९) सांसदसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादी संसदीय...
प्रदेश १ मा कांग्रेसएमाले सहकार्यको सम्भावना
मोरङ । प्रदेश १ सरकारमा आधा कार्यकाल नेतृत्व गर्न नपाए कांग्रेसले अन्य दलको समर्थनमा एकल सरकार बनाउने तयारी गरेको छ । यसका लागि सत्तारूढ दलसँगको गठबन्धनबाट बाहिर निक्लेर प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्य गर्नसमेत कांग्रेस तयार देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले यसको संकेत दिएका छन् ।...
राजेन्द्र पाण्डे : शिक्षकदेखि मुख्यमन्त्रीसम्मको यात्रा
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा राजेन्द्र पाण्डेको नाम चर्चामा थियो । तर, एमालेभित्रको विवादका कारण उनी पछाडि परे । धादिङ क्षेत्र १...
आलोपालो सरकार चलाउनेबारे कुनै सहमति भएको छैन : राजेन्द्र पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा आज राजेन्द्र पाण्डेले पदभार ग्रहन गर्दे छन् । पाण्डे गठबन्धनबाट मख्यमन्त्री बन्न लागेका हुन् । आफु मुख्यमन्त्री बन्ने पक्का भएपछि संचारकर्मीहरुसँग कुरा गर्दै राजेन्द्र पाण्डेले आलोपालो गरेर सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।...
एमालेमा माधवले पुर्याउन सक्ने अन्तिम क्षती : पहिलो महिला मुख्यमन्त्री गुमायो, अर्को मुख्यमन्त्री पनि गुमाउँदै
काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीन वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । माधवकुमार नेपालले एमालेका लागि पुर्याउन सक्ने क्षतीको अन्तिम अस्त्र प्रयोग भएपछि एमालेले प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको हो । एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र...
पाण्डे नेतृत्वमा बागमतीमा नयाँ सरकार बन्दै,पहिलो चरणमा मोक्तान, भँडेल र खनाल मन्त्री बन्ने
मकवानपुर । बागमती प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दारी पेश गरिसकेका नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे भोलि (बिहीबार) मुख्यमन्त्री नियुक्त हुने भएका छन् । अष्ठलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका थिए । गठबन्धन बाट मुख्यमन्त्री बन्न लागेका पाण्डेले भोली नै ३...









