समाज/राजनीति
एमाले बनाउन हैन, देश बनाउन हामीलाई बहुमत दिनुहोस्ः ओली
चितवन । एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् । पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र...
ओली भन्छन्ः प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि !
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम देखिएका छन् । एमालेले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भएनन्, एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रम स्थलमा बसिरहे...
एमाले महाधिवेशनमा प्रधानमन्त्रीको सम्बोधनः संवाद र सहकार्यमा जोड
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् । शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् । ‘देश र जनतासँग जोडिएका मूल...
एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा
चितवन । एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबारबाट सुरू हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्याउनेमा आफू विश्वस्त रहेको बताएका...
सात महिनापछि आमनेसामने हुँदै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सात महिनादेखि भेटवार्ता र संवाद ठप्प छ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेका बालकोट फर्केका ओली त्यसयता बालुवाटार फर्केका छैनन् । प्रधानमन्त्री देउवाले धेरैपटक भेट्न चाहे पनि ओलीले इच्छा देखाएका छैनन् । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको शपथ ग्रहणमा समेत ओली...
एमाले महाधिवेशनः रौतहटबाट चुनिएका यी हुन् २८ प्रतिनिधि (सूचीसहित)
रौतहट । नेकपा एमालेको १०औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन भएका छन् । चितवनमा १०–१२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन गरिएको हो । जसमा माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म छन् ।...
एमाले महाधिवेशन: लुम्बिनीबाट एक हजार गाडीमा ७५ हजार कार्यकर्ता जाँदै
बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट...
राप्रपाको अध्यक्षमा राजेन्द्रप्रसाद लिङ्देन भिड्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राप्रपाका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको समर्थन छ । लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक...
देउवा प्यानलबाट बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने बानियाँको घोषणा
मकवानपुर । मंसिर १६ र १७ गते हेटौंडामा हुने नेपाली काँग्रेस बागमती प्रदेश समितिको महाधिवेशनमा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दाबी गरेका छन् । जिल्ला समिति मकवानपुरको अधिवेशनको मिति सारिएको बारे हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बानियाँले प्रधानमन्त्री तथा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षको प्यानलमा आफ्नो...
काँग्रेस मकवानपुरको अधिवेशन स्थगित
मकवानुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशेन स्थगित भएको छ । मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको कांग्रेस मकवानपुरका पार्टी प्रवत्ता प्रदीप कोइरालाले जानकारी दिए । बुधबार पार्टी कार्यालय मकवानपुरमा बसेको जिल्ला पदाधिकारी, नवनिर्वाचित क्षेत्रीय सभापति,पार्टी सल्लाहकारको छलफलले मंसिर १० गते हुने जिल्ला अधिवेशन स्थगित गर्ने...









