देउवा प्यानलबाट बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने बानियाँको घोषणा

अखबार हब
२०७८ मंसिर ९, बिहीबार ११:३३

मकवानपुर । मंसिर १६ र १७ गते हेटौंडामा हुने नेपाली काँग्रेस बागमती प्रदेश समितिको महाधिवेशनमा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दाबी गरेका छन् । जिल्ला समिति मकवानपुरको अधिवेशनको मिति सारिएको बारे हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बानियाँले प्रधानमन्त्री तथा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षको प्यानलमा आफ्नो सभापतिमा उम्मेदवारी रहने दाबी गरेका हुन् ।

‘मैले केहि समय अघिदेखि नै केन्द्रीय नेतृत्वसँगको छलफलमा प्रदेश सभापतिमा आफ्नो दाबी रहने जानकारी गराइसकेको छु ।’ उनले भने, ‘त्यसकारण पनि दुई पक्षबीच निर्वाचन हुने र देउवा पक्षबाट मेरो सभापतिमा उम्मेदवारीका लागि अन्तिम चरणको कसरत भइरहेको छ ।’

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहेका बानियाँले आफुलाई सभापतिमा सहयोग गर्न सबै कार्यकर्ता, प्रदेश महाधिवेशन प्रतिनिधि र सम्बन्धित सरोकारवालाहरुमा अनुरोधसमेत गरे । मकवानपुरकी नेत्री तथा बर्तमान केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले यसअघि नै केन्द्रीय सहमहामन्त्रीमा आफ्नो उम्मेदवारी रहने बताइसकेकी छन् । डिना केन्द्रीय तहका नेताहरुसँग निरन्तर छलफलमा जुटेको र देउवा पक्षबाट उनी सहमहामन्त्रीको उम्मेदवारी बन्ने ढंगले अघि बढेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*