काँग्रेस मकवानपुरको अधिवेशन स्थगित
मकवानुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशेन स्थगित भएको छ । मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको कांग्रेस मकवानपुरका पार्टी प्रवत्ता प्रदीप कोइरालाले जानकारी दिए ।
बुधबार पार्टी कार्यालय मकवानपुरमा बसेको जिल्ला पदाधिकारी, नवनिर्वाचित क्षेत्रीय सभापति,पार्टी सल्लाहकारको छलफलले मंसिर १० गते हुने जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको उनले बताए ।
बागमती प्रदेशको अधिवेशन हेटौँडामा यही मंसिर १७ गते गर्नु पर्ने भएकोले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने तयारी रहेको उनको भनाई छ ।
प्रदेश अधिवेशन गर्न समय लाग्ने भएकोले जिल्ला अधिवेशन गर्न तयारी नपुग्ने भन्दैँ निर्वाचन कमिटीलाई माहाधिवेशन पछि जिल्ला अधिवेशन गर्न पत्राचार गरिएको मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले बताए ।







