समाज/राजनीति

कांग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर, अब उद्घाटनपछि मात्र मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरिएको छ । प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई मंसिर १७ गतेका लागि सारिएको छ । मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन...

एमाले महाधिवेशनः बागमतीबाट तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बागमती प्रदेशबाट महिला कोटाका तीनै जना निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा नै महिला कोटामा आवश्यक संख्या तीनभन्दा बढीको उम्मेदवारी नपरेकाले बागमतीबाट तीन महिला नेतृ निर्विरोध भएका हुन् । जसअनुसार पार्वती रावल, पेम्बा लामा र...

राप्रपा अध्यक्षमा कमल थापा भर्सेस राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका प्रभावशाली नेताहरु बुद्धिमान तामाङ, दिपक बोहरा,...

एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

चितवन । एकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी...

एमाले अध्यक्षमा ओलीको उम्मेदवारी, रावलसँग प्रतिस्पर्धा हुने

चितवन । केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् । यसअघि ओलीले आइतबार राति बन्दसत्रमा...

बागमती प्रदेश सभापतिमा पौडेल पक्षकै ७ जनाको दावी

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सात जनाले दावी गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६–१७ गते हुने प्रदेश अधिवेशनमा पौडेल पक्षबाट मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रमेश धमला, राजुराज जोशी, रामचन्द्र खड्का, रघुरमण न्यौपाने र रामचन्द्र अर्याल माइकलले प्रदेश सभापतिमा...

चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची

कामाडौं । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । अध्यक्ष ओली शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् । सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको...

ओली बसेको होटलमा आकांक्षीहरूको भीड

चितवन । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको डेलिगेसनले अध्यक्ष केपी शर्मा ओली बसेको होटल पार्क सफारी रिसोर्टभित्र र बाहिर चहलपहल बढेको छ । अध्यक्ष ओलीलाई भेट्न नेताहरु होटल भित्रने क्रम चलिरहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर नेता लेखराज भट्टसहित पूर्वमाओवादीको टोली अध्यक्ष ओलीसँग...

को–को आउलान् एमाले पदाधिकारीमा ?

चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनबाट आज १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुन लागेको छ। चितवनको सौराहामा जारी महाधिवेशन निर्धारित मिति आइतबार नै सम्पन्न हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। तर, वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदमा कसलाई लैजाने भन्ने टुंगो लागेको छैन।...

घनश्याम भुसालद्वारा ओलीलाई भेट्न अस्वीकार

चितवन । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ‘ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो,’ भुसालनिकट एक नेताले भने, ‘तर, उहाँले विधि विधानअनुसार अघि बढ्न तयार रहेको भन्दै भेट्न जरुरी...