एमाले महाधिवेशनः बागमतीबाट तीन महिला केन्द्रीय सदस्यमा निर्विरोध

अखबार हब
२०७८ मंसिर १३, सोमबार १६:२३

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बागमती प्रदेशबाट महिला कोटाका तीनै जना निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा नै महिला कोटामा आवश्यक संख्या तीनभन्दा बढीको उम्मेदवारी नपरेकाले बागमतीबाट तीन महिला नेतृ निर्विरोध भएका हुन् ।

जसअनुसार पार्वती रावल, पेम्बा लामा र रचना खड्काको मात्रै उम्मेदवारी परेकाले उनीहरू निर्विरोध केन्द्रीय कमिटी सदस्य बनेका हुन् । यद्यपि, यसको औपचारिक घोषणा निर्वाचन आयोगले गर्न बाँकी नै छ ।

तर, बागमती प्रदेशको ६ वटा पुरुष कोटामा आठ जनाको उम्मेदवारी परेकाले प्रतिस्पर्धा हुने सम्भावना छ । उम्मेदवारी फिर्ताको समयसीमाभित्र उम्मेदवारी फिर्ता नभए बागमती प्रदेशमा प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेशको ६ कोटाका लागि आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, केदार क्षेत्री, कैलाशप्रसाद ढुंगेल, खेमप्रसाद लोहनी, रामवीर मानन्धर, रामेश्वर रानामगर र सरेश नेपालले उम्मेदवारी दिएका छन्, दुई जनाले मात्रै उम्मेदवारी फिर्ता नलिएको खण्डमा बाग्मती प्रदेशमा आन्तरिक निर्वाचनवाट नेतृत्व चयन हुनेछ ।

रावल महाधिवेशन आयोजक जिल्ला चितवनकी अध्यक्षसमेत हुन्, उनलाई महाधिवेशन कमाण्डर भनेर चिनिन थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*