समाज/राजनीति

सर्वसम्मतिका लागि ओलीलाई बन्दसत्रले दियो अधिकार

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत सौराहामा जारी बन्द सत्र हलले सर्वसम्मतिका लागि केपी शर्मा ओलीलाई अधिकार दिएको छ । सर्वसम्मतिका लागि आवाज उठेका बेला हलमा भरिएका सबै नेता, कार्यकर्ता र प्रतिनिधिले ओलीलाई अधिकार दिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बन्द सत्र लगत्तै...

बन्दसत्रमा ओलीको सम्बोधन– सहमतिका लागि सहयोग गर्नोस्

चितवन। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । शनिबार चितवनको सौराहामा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सहमतिका लागि आग्रह गरेका हुन् । सहमतिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । “यो महाधिवेशन दुनियाँकै नमुना हुनेछ...

‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि अटाउनुपर्छ– महेश बस्नेत

चितवन । एमाले नेता महेश बस्नेतले केपी बा आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् । बन्दशत्र हल परिसरमा कुरा गर्दै बस्नेतले पार्टीमा सबै समेटिनुपर्ने बताएका हुन् । ‘सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयलाई पनि ध्यान दिनुपर्छ,’ उनले भने । बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

एक मत आए पनि चुनाव लड्छुः भीम रावल

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ...

ओली पदाधिकारी व्यवस्थापनमा, नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !

चितवन। एमले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ । शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने...

एमाले महाधिवेशन : रक्सी खाएर प्रचार गरे उम्मेदवारी रद्द हुने

चितवन । नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनको केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचनका लागि आचारसिंहता जारी गरेको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्ने गरी भोजभतेर आयोजना गर्नका लागि निषेध गरिएको छ । त्यसैगरी मादक पदार्थ सेवन गरेर प्रचार गर्नसमेत निषेध गरिएको छ...

एमाले महाधिवेशनको बन्दसत्र आजबाट

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज शनिबारबाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र आज सौराहामा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ । बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली...

आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो । माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न...

कांग्रेसको गण्डकी प्रदेश सभापतिमा ५ नेताको दावी

पोखरा । देश संघीयतामा गएपछि पहिलो पटक नेपाली कांग्रेसको प्रदेश समितिको चुनाव हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गते हुने प्रदेश समितिको निर्वाचनबाट पहिलो सभापतिको इतिहास लेखाउन नेताहरुको होड छ । गण्डकी प्रदेश समितिको सभापति बन्न पूर्व मन्त्री, सांसद र जिल्लाका नेताहरुको दौडधुप सुरु भएको छ ।...

एमाले महाधिवेशन उद्घाटन सत्र सम्पन्न, सौराहा फर्किए नेताहरू

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् । चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न...