समाज/राजनीति

माओवादी केन्द्र पालिका अधिवेशन : मकवानपुरको ५ पालिकामा सर्वसम्मत

मकवानपुर । नेकपा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशनअन्तर्गत मकवानपुरका ५ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पालिकास्तरीय अधिवेशनअन्तर्गत हेटौंडामा तीर्थ बहादुर थापा, कैलाश गाउँपालिकामा बालकुमार मल्ल, बकैया गाउँपालिकामा भक्त खत्री, मनहरी गाउँपालिकामा रामप्रसाद कालाखेती र राक्सिराङ गाउँपालिकामा हस्तबहादुर स्याङ्तानको अध्यक्षतामा सर्वसम्मत पालिकास्तरीय कमिटी चयन भएको छ । सोमबार र...

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा

काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौमा हुने भएको छ । पूर्ण बैठकमै स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव आउने छ । एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको...

राप्रपाको महाधिवेशन आजदेखि, थापा र लिङ्देन नेतृत्व दौडमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसका लागि झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागिता जनाउने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्षका लागि...

भीम रावलले लिन मानेनन् केन्द्रीय सदस्यको सपथ

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित एवं केन्द्रीय सदस्यमा भने विजयी भएका डा. भीम रावलले केन्द्रीय सदस्यको सपथ लिएनन् । मंगलवार साँझ चितवनको सौराहामा एमालेको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई सपथ ग्रहण गराइएको छ । सपथ ग्रहण समारोहमा सहभागी भए पनि रावलले केन्द्रीय सदस्यको सपथ लिन इन्कार गरेका छन् । आफू...

मुख्यमन्त्रीले विश्वासको मत नलिइ कर्णालीको प्रदेशसभा स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि...

एमाले उपाध्यक्षमा सबै ‘ओली प्यानल’कै निर्वाचित

सौराहा । नेकपा एमालेका उपाध्यक्षमा सबै अध्यक्ष केपी शर्मा ‘ओली प्यानल’का निर्वाचित भएका छन्। भर्खरै सकिएको मतगणना अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने पराजित भएका छन्। भुसालले ७२५ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु...

लालबाबु पण्डितले छाडे एमाले

चितवन । एमालेका नेता लालबाबु पण्डितले पार्टी छोडेको घोषणा गरेका छन् । उनले आजबाट पार्टीको कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् । आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी...

एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी

चितवन । नेकपा एमालेको जारी १० औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत प्रप्त गर्दा उहाँका प्रतिद्वन्द्वी डा.भीम रावलले १ सय ९६ मत पाउनुभयो ।अहिले उपाध्यक्षको मत गणना शुरु...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै हुने

काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ । एमाले नेता विष्णु रिजालका अनुसार दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने भएको हो । यतिबेला बिहान सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ । बिहान ११ बजे मतदान सकिएपछि केही...

ओलीले ४ सय मत ल्याउँदा रावलको पक्षमा ४२ मत (मतगणना अपडेट)

चितवन । नेकपा एमालेको अध्यक्षका लागि भएको चुनावमा केपी शर्मा ओलीले ठूलो मतको अग्रता प्राप्त गर्नुभएको छ । चितवनको सौराहामा भइरहेको मतगणनामा केपी शर्मा ओलीले चार सय मत ल्याउँदा भीम रावलले ४२ मत ल्याउनुभएको छ । सुरुवाती नतिजाअनुसार अध्यक्षमा ओलीले निकै ठूलो मतले रावललाई पराजित गर्ने देखिएको छ ।...