भीम रावलले लिन मानेनन् केन्द्रीय सदस्यको सपथ

अखबार हब
२०७८ मंसिर १४, मंगलवार २०:०४

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित एवं केन्द्रीय सदस्यमा भने विजयी भएका डा. भीम रावलले केन्द्रीय सदस्यको सपथ लिएनन् । मंगलवार साँझ चितवनको सौराहामा एमालेको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई सपथ ग्रहण गराइएको छ ।

सपथ ग्रहण समारोहमा सहभागी भए पनि रावलले केन्द्रीय सदस्यको सपथ लिन इन्कार गरेका छन् । आफू अध्यक्षको मात्रै उम्मेदवार भएको केन्द्रीय सदस्यको उम्मेदवार भने नभएको रावलले बताएका छन् ।

अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यमा पनि नरहने रावलले मंगलवार दिउँसो सञ्चारकर्मीहरूसँग बताएका थिए । सौराहामा आज आयोजित घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका थिए ।

एमालेको आठौं महाधिवेशनमा पनि रावलले उपाध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यको सपथ लिन मानेका थिएनन् । पछि माधव नेपाल प्रधानमन्त्री भएको बेला मन्त्री नियुक्त हुने भएपछि उनले केन्द्रीय सदस्यको सपथ लिएका थिए ।

घोषणा सभामा रावलले अध्यक्षमा मात्र आफ्नो उम्मेदवारी रहेको बताएका सुब्बाले जानकारी दिए ।

अध्यक्षमा २२३ मत प्राप्त गरेका रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*