एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी
चितवन । नेकपा एमालेको जारी १० औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत प्रप्त गर्दा उहाँका प्रतिद्वन्द्वी डा.भीम रावलले १ सय ९६ मत पाउनुभयो ।अहिले उपाध्यक्षको मत गणना शुरु भएको छ ।
त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।







