समाज/राजनीति
काठमाडौँमा १० हजार झण्डा राख्दै काँग्रेस
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् ।...
अन्य पार्टीमा पनि राजाको हस्तक्षेप हुनसक्छ, म धर्मसंकटमा परेको छुः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् । शतप्रतिशत...
एउटा मात्रै उम्मेदवार बनाउन सजिलो छैन: प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा साझा उम्मेदवार तय गर्नेबारे छलफल भएपनि सहमतिको सम्भावना न्यून रहेको बताएका छन् । उनले संस्थापन इतर समूहबाट सभापति पदमा एउटा मात्रै उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । मंगलबार सिंहदरवारको पश्चिम गेट अगाडि रहेको स्काई बैंकेट (पुरानो नेसनल ट्रेडिङ) को अफिसमा सम्पर्क...
राष्ट्रिय सभा चुनावः पुस २० गते उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते...
कांग्रेस बागमती प्रदेश उप–सभापतिमा बस्नेत र महर्जन,महामन्त्रीमा बादे र श्रेष्ठ विजयी (मत परिणामसहित)
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको उप–सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । शनिबार हेटौंडामा भएको निर्वाचनको मतपरिणाम अनुसार बस्नेत १०५९ मतसहित विजयी भएका हुन् भने महर्जन १०३७ मत सहित विजय भएका छन् । त्यस्तै उप–सभापतिका उम्मेदवार धर्मराज गौतम १००४ र राजेन्द्र बुर्लाकोटी ८३९ मत प्राप्त...
कांग्रेस बागमती मत परिणाम अपडेटः उप–सभापतिमा बस्नेतको अग्रता कायमै(मत परिणामसहित)
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार हेटौंडामा भएको निर्वाचनको मतगणना सोमबार साँझसम्म जारी छ । प्रदेश सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीकोमात्रै मतगणना भइरहेको प्रदेश निर्वाचन समिति सदस्य होमराज नेपालले बताए । हालसम्म १ हजार ४ सय मत गनिसकेको उनले बताए । मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो ।...
कांग्रेस बागमती मत परिणाम अपडेटः १२०७ मत गन्दा उप–सभापतिमा बस्नेतको अग्रता (मत परिणामसहित)
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार हेटौंडामा भएको निर्वाचनको मतगणना सोमबार साँझसम्म जारी छ । प्रदेश सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीकोमात्रै मतगणना भइरहेको प्रदेश निर्वाचन समिति सदस्य होमराज नेपालले बताए । हालसम्म १ हजार २ सय ७ मत गनिसकेको उनले बताए । मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो...
कांग्रेस बागमती मत परिणाम अपडेटः ६०३ मत गन्दा उप–सभापतिमा बुर्लाकोटी र महामन्त्रीतर्फ बादेको अग्रता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार हेटौंडामा भएको निर्वाचनको मतगणना सोमबार साँझसम्म जारी छ । प्रदेश सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीकोमात्रै मतगणना भइरहेको प्रदेश निर्वाचन समिति सदस्य होमराज नेपालले बताए । हालसम्म ६ सय ३ मत गनिसकेको उनले बताए । शनिबार हेटौंडाको फरेष्टी क्याम्पसमा भएको निर्वाचनमा २ हजार...
काँग्रेस बागमती अधिवेशनः उप–सभापतिमा बस्नेत र महामन्त्रीतर्फ बादेको अग्रता
मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार सम्पन्न प्रथम बागमती प्रदेश अधिवेशनमा भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जम्मा ४ सय मत गन्दा उप–सभापतिका उम्मेद्वार मोहन बस्नेतले २१३ मत प्राप्त गरेका छन् भने चन्द्र महर्जनले १९३ मत प्राप्त गरेका छन् । त्यसैगरी राजेन्द्र बुर्लकोटीले १८६...
कांग्रेस महाधिवेशनः फेरि सभापतिमा उठ्ने देउवाको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् । सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् । ६१ जिल्ला अधिवेशन र ६ वटा...







