कांग्रेस बागमती मत परिणाम अपडेटः १२०७ मत गन्दा उप–सभापतिमा बस्नेतको अग्रता (मत परिणामसहित)
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार हेटौंडामा भएको निर्वाचनको मतगणना सोमबार साँझसम्म जारी छ । प्रदेश सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीकोमात्रै मतगणना भइरहेको प्रदेश निर्वाचन समिति सदस्य होमराज नेपालले बताए । हालसम्म १ हजार २ सय ७ मत गनिसकेको उनले बताए ।
मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो । हेटौंडा–१० स्थित फरेष्ट्रि क्याम्पसमा प्रदेश सभापतिको मतगणना भए पनि अन्य पदाधिकारी र सदस्यको मतगणना भने हेटौंडा–४ स्थित एक पार्टी प्यालेशमा भइरहेको छ ।
कांग्रेस बागमती प्रदेश उपसभापतिको दौडमा देउवापक्षका चन्द्र महर्जनले ५९९, धर्मराज गौतमले ५५४ मत पाएका छन् । यस्तै पौडेलपक्षका मोहन बस्नेतले ६३२ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ५२९ मत पाएका छन् । महामन्त्रीमा पौडेलपक्षका कन्चनचन्द्र बादे ६०७ र माइकल रामचन्द्र अर्याल ५४७, देउवापक्षका तिलकप्रसाद रुवालीले ४४५, राजु श्रेष्ठले ५१७, सिटौलापक्षक सुरेश श्रेष्ठले ९४ र गौरीप्रसाद दवाडीले ९२ मत पाएका छन् ।







