समाज/राजनीति

मकवानपुरका माओवादी नेता बलसहित १२ जना एमालेमा प्रवेश

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरका प्रभावशाली नेता एवम् जिल्ला सचिव बलराम बल र प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीसँगको भेटमा उनिहरुलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका...

केपी ओली र माधव नेपाल एउटै मञ्चमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख दलका शीर्ष नेताहरु पनि पुगेका छन् । शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,...

पार्टीको एप सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन

काठमाडौँ । भृकुटीमण्डपमा आयोजित भव्य समारोहका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाविधेशनको उद्घाटन गर्नुभएको छ । प्रविधिमैत्री एवं डिजिटल कांग्रेस बनाउने अभियानका साथ कांग्रेसले एप तय गरेको हो । एपमा पार्टीका सबै गतिविधि समेटिएको छ । यस्तै दिवङ्गत...

कांग्रेसको १४औँ महाधिवेशन शुरू

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ‘उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,...

कांग्रेसको १३ वटा महाधिवेशनलाई फर्केर हेर्दा : को कहिले बने सभापति ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। आजदेखि २७ मंसिरसम्म चल्ने महाधिवेशनले कांग्रेसको आगामी नीति र नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनको संघारमा रहेको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल कांग्रेसमा यतिबेला पार्टीको आगामी नीति भन्दा पनि पार्टीको नेतृत्वमा पुग्नको लागि हानाथाप चलिरहेको छ। वर्तमान सभापति शेरबहादुर देउवासहित...

गठबन्धन सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनायोः सचिव भट्टराई

मकवानपुर । नेकपा एमालेको सचिव योगेश भट्टराईले गठबन्धनको सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनाएको बताएका छन् । कार्यपालिका भागबन्डमा गएको भन्दै अहिलेको सरकारले संसदलाई बन्दक बनाउनुका साथै न्यायपालिकालाई नाङ्गेझार बनाएको बताए । न्यायपालिकाको इज्जत र प्रतिष्ठालाई अहिलेको सरकारले गिराउने काम गरेकोमा सचिव भट्टराईले चिन्ता व्यक्त गरे । बिहीबार हेटौंडामा...

उम्मेदवारी दर्ताको तयारी गरिसकेको छु: प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवार बन्ने निर्णयबाट पछाडि फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि हुनेछ भने पर्सि उम्मेदवारी दर्ताको समय तोकिएको छ । रामचन्द्र पौडेल समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन । सहमतिका लागि...

मलाई मात्र होइन, सभापतिका लागि पनि भोट माग्छुः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् । बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताएका हुन् । ‘मेरो सभापतिका को हुनुहुन्छ मलाइ...

माओवादीले बढायो प्रदेशमा पदाधिकारी संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । बैठकले प्रदेश समितिको आकार पनि...

कांग्रेसले उद्घाटन समारोह दुईघण्टाभित्र सक्ने, कांग्रेस एप पनि सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको उद्घाटन समारोह दुईघण्टाभित्र सक्ने बताएको छ । देशका मूल पार्टी र विदेशी प्रतिनिधिले आआफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गरेपछि उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।