समाज/राजनीति
सिटौलाले मागे देउवाका लागि भोट
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि शेरबहादुर देउवाको प्यानललाई भोट मागेका छन् । मतदानको अघिल्लो दिन आयोजित कार्यक्रममा सिटौलाले सडकमा बसेर आफूले देउवालाई समर्थन गर्ने बताए । देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको भन्दै उनले भने, शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता...
एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरु यी हुन्:...
पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौंः निधि
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् । कांग्रेसको सभापतिमा जित...
चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस्ः देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् । आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न उठ्ने भन्दै आफूलाई जिताउन आग्रह गरेका हुन् । ‘अहिले पार्टी...
युवराज न्यौपानेद्वारा सभापतिबाट उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार सभापतिमा उम्मेदवारी दर्ता गरेका उनले आइतबार उम्मेदवारी फिर्ता गरेका हुन्। उम्मेदवारी फिर्ता लिँदै उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाई समर्थन गर्ने जनाएका छन्। आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएकाले समर्थन फिर्ता...
कांग्रेस सभापति र महामन्त्रीमा ६–६ जनाको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।...
सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछुः देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उहाँले भन्नुभएको छ – ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै...
विमलेन्द्र निधिले दिए सभापतिमा उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । २५ वर्षसम्म सभापति शेरबहादुर...
काँग्रेस महाधिवेशनः देउवाले टुंग्याए ८ सहमहामन्त्रीको उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ । सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर...
विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् । पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने...







