युवराज न्यौपानेद्वारा सभापतिबाट उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन गर्ने

अखबार हब
२०७८ मंसिर २६, आईतवार १३:०१

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार सभापतिमा उम्मेदवारी दर्ता गरेका उनले आइतबार उम्मेदवारी फिर्ता गरेका हुन्।

उम्मेदवारी फिर्ता लिँदै उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाई समर्थन गर्ने जनाएका छन्।
आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएकाले समर्थन फिर्ता लिएको उनले बताए।

‘मेरो अजेन्डा शेखर कोइराला टिमबाट सम्बोधन हुने देखिएकोले मैले उम्मेदवारी फिर्ता लिएँ। शेखर कोइरालालाई समर्थन गरेको छु’ उनले भने।

यससँगै अब कांग्रेस महाधिवेशनमा पाँच जना सभापतिका उम्मेदवार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*