कांग्रेस बागमती प्रदेश उप–सभापतिमा बस्नेत र महर्जन,महामन्त्रीमा बादे र श्रेष्ठ विजयी (मत परिणामसहित)
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको उप–सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । शनिबार हेटौंडामा भएको निर्वाचनको मतपरिणाम अनुसार बस्नेत १०५९ मतसहित विजयी भएका हुन् भने महर्जन १०३७ मत सहित विजय भएका छन् । त्यस्तै उप–सभापतिका उम्मेदवार धर्मराज गौतम १००४ र राजेन्द्र बुर्लाकोटी ८३९ मत प्राप्त गरि पराजय व्यहोरेका छन् ।
महामन्त्रीमा कञ्चन चन्द्र बादे ९९५ मत र राजु श्रेष्ठ ९१० मत सहित विजयी भएका छन् । त्यस्तै महामन्त्रीका अन्य उम्मेद्वार माईकल रामचन्द्र अर्याल ८९९ , तिलक प्रसाद रुवाली ७६० मत, सुरेश श्रेष्ठ १६३ मत र गौरी प्रसाद दवाडीले १८८ मत प्राप्त गरे सँगै हार व्यहोरेका छन् ।
यस्तै महिलातर्फको सहमहामन्त्रीमा जीवन डंगोलले ९४९ मत प्राप्त गरे सँगै विजयी भएका छन् । उनका निकटतम प्रतिद् निर्मला बस्ताकोटी खड्का ७८६ मत र मोतिमाया तामाङले २१८ मत प्राप्त गरि पराजय भएका छन् ।
त्यसै गरि खुला तर्फबाट सह–महामन्त्रीमा ऋषिराम घिमिरे ९१६ मत र हरि शरण श्रेष्ठ ८३९ मत सहित विजय भएका छन् । वीर बहादुर तामाङ ८३५, महेन्द्र थिङ ८०१, राज कुमार पाठक २१७, जगन्नाथ धिमाल १५४ र जयनारायण सापकोटा ८५ मत प्राप्त गरि पराजय व्यहोरेका छन् ।
मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो । हेटौंडा–१० स्थित फरेष्ट्रि क्याम्पसमा प्रदेश सभापतिको मतगणना भए पनि अन्य पदाधिकारी र सदस्यको मतगणना भने हेटौंडा–४ स्थित एक पार्टी प्यालेशमा भइरहेको छ ।
प्रदेश सभापतिको भने शनिबार राति मतपरिणाम सार्वजनिक गरिएको थियो । ५० प्रतिशत बढी मत ल्याउन नसक्दा आइतबार प्रदेश सभापतिको लागि शेरबहादुर देउवापक्षका इन्द्र बानियाँ र पौडेलपक्षका जगदिश्वर नरसिंह केसीबिच पुनः मतदान गरिएको थियो । शनिबार भएको निर्वाचनमा तेस्रो भएका भीमसेनदास प्रधानले आइतबारको निर्वाचनमा बानियाँलाई समर्थन गरेका थिए । कांग्रेस बागमती प्रदेश सभापतिमा देउवापक्षका इन्द्र बानियाँ विजयी भएका थिए ।
शनिबार हेटौंडाको फरेष्टी क्याम्पसमा भएको निर्वाचनमा २ हजार ८३ मत खसेको थियो ।







