समाज/राजनीति
अध्यक्षमा हारेसँगै कमल थापा पक्षको भेला ‘याक एन्ड यति’मा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा चुनावी परिणामको समिक्षा गर्न कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एन्ड यति होटलमा सुरु भएको छ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरु निर्वाचन परिणाम समिक्षा गर्न याक एन्ड यतिमा भेला भएका हुन् । ‘महाधिवेशनको समिक्षा गर्नका लागि याक एन्ड...
अध्यक्षमा पराजित कमल थापाले भने : निर्मल निवासको नांगो हस्तक्षेप भयो
काठमाडौँ । कमल थापाले राप्रपा अध्यक्षमा पराजित भएपछि पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् । आइतबार बिहान मतपरिणाम सार्वजनिक भएपछि हार स्वीकार्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत बधाई दिएका छन् । राजेन्द्र लिङ्देनले थापालाई २०० मतले हराएका हुन् । नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदै...
राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित
काठमाडौँ । राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् । यस्तै, अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् । शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्...
कांग्रेस बागमतीमा कसैको आएन ५१ प्रतिशत मत, पुनः आज मतदान हुने
मकवानपुर । कांग्रेस बागमती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनःमतदान हुने भएको छ ।आइतबार बिहान सम्पन्न मत गणना अनुसार कांग्रेस बागमतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । सभापतिमा बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो...
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी,थापाले हारे
काठमाडौँ । कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको...
काँग्रेस बागमती प्रदेशको मतदान सुरु, राती दश बजेसम्म समय सिमा
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । निर्वाचनको कार्यतालिका अनुरुप विहान ९ बजेबाट हुनुपर्नेमा अन्तिम उम्मेदवारी नामावली र मतपत्र प्रकाशनको ढिलाईको कारण मतदान ढिला सुरु भएको हो । निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेका अनुसार अन्तिम नामावली प्रकाशन पछि मतपत्र...
पाण्डे समूहद्वारा विवेकशील साझाको आमसभा बहिष्कार
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले काठमाडौंमा आयोजित पार्टी एकीकरण घोषणा सभा बहिरष्कार गरेको छ । पार्टीका संयोजक पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम लगायतका नेताहरुले उक्त आमसभा बहिष्कार गरेका हुन् । एकीकरण गर्ने...
काँग्रेस अधिवेशनः महोत्तरी–३ का मतदान अधिकृतले दिए राजीनामा
महोत्तरी । नेपाली काँग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनका मतदान अधिकृतले राजीनामा दिएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिकरुपमा प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै उनले आपत्ति जनाउँदै मतदान अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएका हुन् । गत मङ्सिर १५ मा...
राप्रपा महाधिवेशनः डेढ घण्टामा आठ सयले गरे मतदान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ । सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट मतदान सुरु भएको हो । राप्रपामा कुल मतदाता ४ हजार ४६९ रहेको निर्वाचन समितिले जनाएको...
काँग्रेस बागमती प्रदेश अधिवेशन : तोकिएको समयमा सुरु भएन मतदान प्रक्रिया
मकवानपुर । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश अधिवेशन अन्तर्गत आज शनिबार तोकिएको समयमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान समय आज शनिबार बिहान ८ बजे तोकिएपनि मध्यान्ह १२ बजेपछि मात्र मतदान सुरु हुने भएको छ । प्रदेश निर्वाचन समितिका सदस्य गणेश...








