समाज/राजनीति

देउवाले भने – ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा मात्र जित हासिल भएको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने...

निर्वाचनमा एक्लै जान पनि तयार छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे...

सडक निर्माण भेला भनेर हेटौंँडा १ का एमाले वडा सदस्यलाई काँग्रेस प्रवेशको हल्ला चलायो

मकवानपुर। हेटौँडा–१ नकौलीमा सडक निर्माणको विषयमा छलफल छ भनेर एकजना एमालेका स्थानीय नेतालाई नेपाली कांग्रेसले पार्टी प्रवेश गराएको छ । चैत्र १२ गते सडक निर्माणको छलफल भनी बोलाएर सामुहिक फोटो खिचाउँदै पार्टी प्रवेश गराएको हल्ला फिजाएको भन्दै नेकपा एमाले हेटौँडा–१ का वडा सदस्य समेत रहेका सिंहबहादुर पाख्रिनले विज्ञप्ती जारी...

हरियो मतपत्रबारे एमालेको गम्भीर आपत्ति, ओली निर्वाचन आयोगप्रति आक्रामक

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने निर्वाचन आयोगले जनाएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को बिरोध गरिरहेका थिए । अध्यक्ष ओलीले गरिरहेको बिरोधलाई आइतबार भने एमालेले संस्थागत गरेको छ । ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि...

काँग्रेस मकवानपुरको विवाद उत्कर्षमा, संस्थापनविरुद्ध समान्तर कमिटी बनाउने चेतावनी

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको विवाद उत्कर्षमा पुगेको छ । जिल्ला समिति सदस्य मनोनितको विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरमा विवाद बढेको हो । गतहप्ता सभापति बुद्ध लामाले पराजितसहित आफूलाई निर्वाचनमा सहयोग गर्ने दश जनालाई जिल्ला सदस्यमा नियुक्त गरेसँगै कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको हो । शनिबार साँझ हेटौंडाको मेनरोडस्थित होटल...

युवा संघ भीमफेदीको अध्यक्षमा बादल

मकवानपुर । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल भीमफेदी गाउँपालिका अध्यक्षमा बादल सिलवाल चयन भएका छन् । भीमफेदीमा भएको भेलाबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समितिमा उपाध्यक्ष सुक्राम थिङ, सचिव भोलाराम शिकारी, उपसचिव पवन खड्का, कोषाध्यक्ष सन्तोष ठाडा मगर रहेका छन् । नेकपा एमाले...

मनहरी १ को अध्यक्ष बन्न जिम्बा माओवादी केन्द्रको पहिलो आकांक्षी

मकवानपुर । सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै यतिबेला गाउँघरमा चुनावी सरगर्मी बढ्दै गएको छ । यसै क्रममा विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनाव केन्द्रित कार्यक्रमलाई तीब्रता दिँदै गईरहेको छ । यसै गरि आगामी निर्वाचमा पार्टीको उम्मेदवार बन्न आकांक्षीहरु पनि देखिन थालेका छन् । यसैबीच पश्चिम मकवानपुरको मनहरी १ बाट...

‘सिङ्गल’प्रतिस्पर्धामा आउन काँग्रेसलाई भट्टराईको चुनौती

मकवानपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा काँग्रेसलाई एक्लै प्रधिप्रर्धामा आउन चुनौती दिएका छन् । शनिवार हैटौंडामा प्रेस चौतारी मकवानपुरले अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले काँग्रेसलाई गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा आउन चुनौती दिएका हुन् । एमालेले स्थानीय निर्वाचनमा कुनैपनि दलसंग तालमेल नगर्ने बताउँदै उनले...

एमालेको विकल्प कुनै पार्टी छैनः पौडेल

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेको विकल्पमा कुनैपनी पार्टी नरहेको बताएका छन् । नेकपा एमाले हेटौंडा ७ नम्बर वडा कमिटीले आयोजना गरेको बृहत वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जनताको रोजाईको पार्टी एमालेमात्रै रहेको भन्दै जनताले अन्य कुनैपनि पार्टीलाई आफ्नो नठान्ने दावी गरे । एमाले नेतृत्वको...

प्रचण्डलाई ओलीसँग मिल्न दिने भए दिऊँः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच चुनावी गठबन्धनलाई लिएर जुहारी चलेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमा दुबै नेता एउटै मञ्चमा थिए । कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका थिए । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस...