समाज/राजनीति

एमाले राक्सिराङ्ग गाउँ कमिटिको निर्वाचन लक्षित प्रशिक्षण

मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्लाको दशवटै पालिकामा आज स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम गरेको छ । पार्टीको सर्कुलर अनुरुप राक्सिराङ्ग गाउपालिका कमिटीले निर्वाचन लक्षित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । राक्सिराङ कमिटी अध्यक्ष रोहन लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य...

गठबन्धनलाई पराजित गर्ने सार्मथ्य एमालेसँग छ : अध्यक्ष श्रेष्ठ

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पाँच दलीय गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमालेसँग रहेको दाबी गरेका छन्। शुक्रबार पार्टीको निर्वाचन लक्षित कार्यक्रमलाई मकवानपुरगढी गाउँपालिकामा सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धनका बिरुद्ध एमाले कार्यकर्ता एक हुनेबेला आएको भन्दै सबै कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए। एमाले मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष...

एमालेविरुद्ध मकवानपुरमा पाँच दलले गठबन्धन

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर जाने भएका छन् । आज (शुक्रबार) हेटौँडामा पत्रकार सम्मेलनको आयोजन गरी सत्तारुढ दलहरुले मकवानपुरको १० वटै स्थानीय तहको वडा स्तरसम्म गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिएको हो । नेपाली काँग्रेस पार्टी...

बागमती गाउँपालिकामा गठबन्धन भत्कने नेता राईको उद्घोष

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामचन्द्र राईले सत्तागठबन्धनको अप्राकृतिक गठबन्धनलाई बागमती गाउँपालिकाका जनताले भत्काईदिने बताएका छन् । नेकपा एमाले बागमती गाउँपालिकाले आयोजना गरेको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएको हो । जिल्ला सह–इन्चार्जसमेत रहेका राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेकपा...

‘एमालेलाई पहिलो बनाउने गरी उम्मेदवार छनोट गर्छौं’–राना

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले आगामी स्थानीय तहको निर्वाचनको लागि पार्टीलाई पहिलो बनाउने गरी उम्मेदवार छनोट गर्ने बताएका छन् । आज (शुक्रबार) नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको तेस्रो पुनः बैठक तथा प्रशिक्षक कार्यक्रममा बोल्दै रानाले स्थानीय तहको उम्मेदवार छनोट गर्दा...

देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकीपन सकियो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् । शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा होमिएका थियौँ । निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने...

कांग्रेसले ७५३ वटै स्थानीय तहमा चार दिनभित्र उम्मेदवार टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो । प्रवक्ता प्रकाशशरण महतले पार्टीले ७५३ वटै स्थानीय...

ठूला दलबाट देशबन्छ भन्नु साढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो: राजेन्द्र लिङ्देन

तनहुँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलबाट देशबन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साढेले दूध...

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव एमालेमा प्रवेश गर्दै

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट विजयी भई मुख्यमन्त्री सम्हालेका शाहीका प्रमुख स्वकीय सचिव आचार्यलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली कालिकोट पुगेका छन् । कालिकोटको म्यान्ममा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममार्फत ओलीले माओवादी, कांग्रेसका नेताहरूलाई...

कमल थापाको जिल्लामा लिङ्देन आउँदै, राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा

मकवानपुर । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन...