गठबन्धनलाई पराजित गर्ने सार्मथ्य एमालेसँग छ : अध्यक्ष श्रेष्ठ
मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पाँच दलीय गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमालेसँग रहेको दाबी गरेका छन्।
शुक्रबार पार्टीको निर्वाचन लक्षित कार्यक्रमलाई मकवानपुरगढी गाउँपालिकामा सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धनका बिरुद्ध एमाले कार्यकर्ता एक हुनेबेला आएको भन्दै सबै कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताए।
एमाले मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष रामजी सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । नेकपा एमाले बागमती प्रदेशका कमिटी सदस्य हर्कमाया रुम्बाको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, जिल्ला सचिवालय सदस्यहरु बिदुर हुमागाईं, मेम्बर लो, रमिला घलान, जिल्ला सल्लाहाकार परिषद अध्यक्ष बलराम हुमागाईं, प्रितमराम रुम्बा लगायतको उपस्थिती रहेको थियो ।







