कांग्रेसले ७५३ वटै स्थानीय तहमा चार दिनभित्र उम्मेदवार टुंग्याउने

अखबार हब
२०७८ चैत्र १८, शुक्रबार १६:४२

काठमाडौं । नेपाली कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ ।

कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो । प्रवक्ता प्रकाशशरण महतले पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्षरउपाध्यक्ष र मेयररउपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन गरेको बताए ।

कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिकारनगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँरनगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ । विधानअनुसार उम्मेदवार चयन गरेर पठाउन निर्देशन गरिएको प्रवक्ता महतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*