एमाले राक्सिराङ्ग गाउँ कमिटिको निर्वाचन लक्षित प्रशिक्षण

अखबार हब
२०७८ चैत्र १८, शुक्रबार २२:१६

मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्लाको दशवटै पालिकामा आज स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम गरेको छ । पार्टीको सर्कुलर अनुरुप राक्सिराङ्ग गाउपालिका कमिटीले निर्वाचन लक्षित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

राक्सिराङ कमिटी अध्यक्ष रोहन लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य डा. सम्राट तुम्बाहाम्फेले मुलुकको हित र विकासको लागि एमालेले जित्नुपर्ने बताए ।

एमाले राक्सिराङ्ग गाउपालिका कमिटीको आयोजनामा आज भएको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा तुम्बाहाम्फेले अहिलेको गठबन्धनले राष्ट्र र जनताको हितमा कहिल्यै काम नगर्ने भन्दै जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको दावी गरे।

यस्तै उनले एमालेको १०औं महाधिवेशनबाट पार्टीले लिएको नीति र सिद्धान्तलाई जनतामाझ लैजाने र एमालेको पक्षमा मतदानको वतावरण निर्माणमा जुट्न आग्रह गरेका छन्।

यसैगरी एमाले प्रदेश कमिटी सदस्य इन्द्र बहादुर स्याङ्तानले स्वार्थमा लिप्त पार्टीहरुको गठबन्धनको भन्डाफोर गर्दै जनतालाई रास्ट्रीयता र समृद्दिको पहरेदार एमाले मात्रै रहेको बुझाउदै चुनावमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

यस्तै नेकपा एमाले जिल्ला उपाध्यक्ष लाल बहादुर थापाले राक्सिराङको विकास र समृद्धिको लागि एमालेले जित्न आवश्यक रहेको बताए । अघिल्लो निर्वाचनमा प्राविधिक हिसावले राक्सिराङ्गमा पराजय हुन पुग्दा काङ्ग्रेसले आर्थिक स्वार्थमा लिप्त हुँदै राक्सिराङको खानी दोहन र जनतालाई सुकुम्बासी बन्न बाध्य पार्ने सम्मको काम गरेको भन्दै राक्सिराङको खानी संरक्षण र जनताको पक्षमा काम गर्न एमालेले जित्नैपर्मे दावी गरे । त्यसको लागि सूक्ष्म ढंगले चुनावी रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज भएको भेलाले ४ सय ५१ सदस्य रहेको निर्वाचन परिचालन समिति समेत निर्माण गरेको राक्सिराङ गाउँलालिका कमिटी सचीव दिनेश चेपाङले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*