समाज/राजनीति

दर्ता भएका सबै दलको गठबन्धन भए पनि हामी जित्छौंः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरु विजयी हुने दावी गरेका छन् । एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले दावी गरे ।...

कांग्रेस हेटौंडा नगरमा १७ जना मनोनीत, कोषाध्यक्षमा चौलागाईं

मकवानपुर । नेपाली कांग्रेस हेटौडा नगर कार्य समितिमा कोषाध्यक्ष सहित १७ जना सदस्यमा मनोनीत गरिएको छ। नेपाली कांग्रेस,हेटौडा नगर समितिको शुक्रबार सम्पन्न तेस्रो भेलाबाट नगर कोषाध्यक्षमा कुल प्रसाद चौलागाईं चयन भएका छन् । त्यसैगरी आज सम्पन्न भेलाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा क्षेत्रमा...

कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा। शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी...

हिंसात्मक घटनामा परी १६ सैनिकको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक मालीमा भएका छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ । पछिल्ला केही वर्षयता हिंसात्मक आक्रमणको चपेटामा पर्दै आएको मालीमा भएका बेग्लाबेग्लै घटनामा १६ सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हिंसात्मक घटनामा अरु १८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि गरिएको...

राप्रपा मकवानपुरको पार्टी कार्यालय कब्जा गर्ने चेतावनी

मकवानपुर । राप्रपा नेपालका मकवानपुर अध्यक्ष अर्जुन ढुंगानाले राप्रपाको जिल्ला कार्यालय कब्जा गर्ने चेतावनी दिएका छन् । भर्खरै मात्र राप्रपा नेपाल मकवानपुरका अध्यक्ष चयन भएका ढुंगानाले जिल्लामा राप्रपा नेपालको अस्तित्व देखाउनको लागी राप्रपा पार्टी कार्यालय कब्जा गर्नुपर्ने अवस्था आएको बताए । पार्टी कार्यालय निर्माणमा आफुहरुको लगानी गरेको भन्दै उनले...

एमाले मकवानपुरमा मनोनित जिल्ला सदस्यहरुले गरे सपथ ग्रहण

मकवानपुर । नेकपा (एमाले) मकवानपुरमा मनोनीत गरिएका जिल्ला सदस्यहरुको आज सपथ ग्रहण गराइएको छ । मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा उनीहरुले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पद तथा गोपनीयताको सपथ गरे । जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री...

काँग्रेस मकरी टोल कमिटीकोे नेतृत्वमा पाण्डे

मकवानपुर । नेपाली काँग्रेस मनहरी–१, मकरी टोल कमिटीको अध्यक्षमा नारायण प्रसाद पाण्डे चयन भएका छन् । आज बुधबार मनहरी गाउँपालिका वडा नं. १ मोर्डन सभा हलमा भएको भेलाले पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रामप्रसाद अर्याल, सचिवमा गोविन्द लामिछाने, सह–सचिवमा रााबहादुर स्याङ्तान,...

वाम एकताको बहसले कांग्रेस तरंगित

काठमाडौँ । वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो । २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो । त्यतिबेला गठबन्धनलाई निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्राप्त भयो । यसपटक पनि स्थानीय तह...

कोरम नपुगेको भन्दै प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा सांसदको गणपूरक संख्या(कोरम) नपुगेको भन्दै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । मंगलबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । सदनमा सांसदको गणपूरक...

प्रेमबहादुर सिंहको पार्टी एमालेमा विलय

काठमाडौं । पूर्वमन्त्रि प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो ।उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा...