काँग्रेस मकरी टोल कमिटीकोे नेतृत्वमा पाण्डे

अखबार हब
२०७८ चैत्र ९, बुधबार १६:१२

मकवानपुर । नेपाली काँग्रेस मनहरी–१, मकरी टोल कमिटीको अध्यक्षमा नारायण प्रसाद पाण्डे चयन भएका छन् ।

आज बुधबार मनहरी गाउँपालिका वडा नं. १ मोर्डन सभा हलमा भएको भेलाले पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ टोल कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रामप्रसाद अर्याल, सचिवमा गोविन्द लामिछाने, सह–सचिवमा रााबहादुर स्याङ्तान, कोषाध्यक्ष सबिता चौलागाईं चयन भएका छन् । त्यस्तै सदस्यहरु राम बहादुर भुलुन, फुलमाया प्रजा, पुरुषोत्तम पराजुलीलगायत १७ जना सदस्यमा सर्वसम्वत चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाईबाले भने– ‘जसले जनताको काम गर्छ उसैले टिकट पाउँने हो, यो समय भनेको संगठन विस्तारमा लाग्ने हो ।’

संगठन विस्तार गरि पार्टीलाई जिताउँने अभियानमा लाग्न पार्टीका सबै प्रतिनिधिहरु लाई उनले आग्रह समेत गरेका छन् ।
काँग्रेस नेता शंकर न्यौपाने आगामी निर्वाचनमा आकांक्षा सबैले राख्न पाउछने र यो भए ठीक,यो भए बेठीक भन्ने हिसाबले कोहि नलाग्न उनले अनुरोध गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता विशाल उप्रेतीले भने ‘कुनै पनि व्यत्ति एक पद एक व्यत्ति हुनु पर्छ, यहाँ हरेक पदमा एउटै व्यत्ति हावी भइरहेको छ ।’

पार्टीले आगमी नेतृत्व चयन गर्दा भिजन भएको जनताको भावना बुझ्न सक्ने युवा पङ्तीलाई नेतृत्व दिनु पर्नेमा उनले जोड दिए ।

नेपाली काँग्रेस मनहरी १ का सभापति रामप्रसाद उप्रेतीको सभाध्याक्षता भएको कार्यक्रममा, काँग्रेस जिल्ला सदस्य १ नं. वडा प्रतिनिधि राजकुमार वाईबा प्रमुख आतिथिमा रहेको थियो ।

त्यस्तै विशिष्ठ अतिथिमा काँग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ सदस्य राममणि न्यौपाने, अतिथिहरुमा काँग्रेस मकवानपुर प्रतिनिधिसभा २(ख) क्षेत्रीय सचिव नवराज पौडेल, मनहरी गाउँपालिका कार्यसमिति सदस्यहरु तुलप्रसाद पाण्डे, सुजन बर्ताैला र नितुमाया मोक्तान, वडा अध्यक्ष शिवप्रसाद खनाल, वडा सदस्य सावित्री घिमिरे र सोमलक्ष्मी प्रजा, पुर्व जिल्ला सदस्य रघुनाथ अधिकारी र छत्रबहादुर लामा, पूर्वसभापति रामकुमार उप्रेती र चत्रवती लटौलालगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*