एमालेको विकल्प कुनै पार्टी छैनः पौडेल

अखबार हब
२०७८ चैत्र १२, शनिबार १७:१६

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेको विकल्पमा कुनैपनी पार्टी नरहेको बताएका छन् ।

नेकपा एमाले हेटौंडा ७ नम्बर वडा कमिटीले आयोजना गरेको बृहत वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जनताको रोजाईको पार्टी एमालेमात्रै रहेको भन्दै जनताले अन्य कुनैपनि पार्टीलाई आफ्नो नठान्ने दावी गरे ।

एमाले नेतृत्वको समयमा मात्रै देशकोसमग्र पक्षमा विकास भएको छ भन्दै उनले भने–‘एमाले मात्रै यस्तो पार्टी हो जसले मुलुकलाई समृद्द बनाउँछ भन्ने जनविश्वास अहिलेको एमालेप्रती जनताको आकर्षणले पुष्टि गर्छ ।’

अहिले अन्य पार्टीका नेताहरु लगाएत महानगर, नगरका मेयर, उपमेयरहरु एमालेमा प्रवेशको सन्दर्भले पनी देशमा एमालेभन्दा अन्य कुनैपनी पार्टीको अस्तित्व नदेखेको पौडेलले बताए । यसैगरी उनले एमालेको घोषणापत्र अनुसार यो ४ बर्ष कति काम भए भन्नेकुरा जनताले मुल्यांकन गरेको बताउदै देशको समृद्धिको लागि अबको निर्वाचनमा एकबद्द भएर एमालेका प्रतिनिधिलाई विजय गराउन समेत आग्रह गरे ।

यसैगरी एमाले बागमती प्रदेश कमिटी सदस्य देवराज रिमालले स्थानीय निर्वाचनमा जोसुकै गठबन्धन गरेर आएपनी एमालेलाई हराउन नसक्ने दाबी गरे । जनताको हरेक दुखसुखमा सदैव एमाले मात्रै रहेको भन्दै अबको स्थानीय निर्वाचनमा जनताले एमालेलाई मत दिने बताए ।

यस्तै कार्यक्रममा काङ्ग्रेस र राप्रपाका एकसय २० जना व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई पार्टीका नेता एवं बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

नेकपा एमाले हेटौंडा ७ नम्बर वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रीपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पार्टी जिल्ला उपसचिव सीता बिष्ट, पार्टी प्रचार विभाग प्रमुख धुर्व चौलागाईं, जिल्ला सदस्य तथा युवा इन्चार्ज सन्तोष चौलागाईं, नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी, उपाध्यक्ष नवराज खतिवडा, राजन थापा लगायत हजारौं पार्टी कार्यकर्ताको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*