वडा कार्यालय तोडफोड प्रकरणः चुनावको मुखमा राजनैतिक प्रतिसोध

रवीन ढुङ्गाना
२०७८ चैत्र ५, शनिबार २२:२४

मकवानपुर । शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय तोडफोड भयो । वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ कार्यालयमा उपस्थित नभएको भन्दै एकहुल युवाहरुले वडा अध्यक्षका कार्यकक्षमा रहेको कुर्ची तोडफोड गरे ।

कार्यालय तोडफोड गर्ने ती युवाका हुल अरु कोही नभएर सत्ता साझेदार गठबन्धनका कार्याकर्ताहरु थिए ।

लोकप्रिय मतसहित विजयी भएका वडाअध्यक्ष श्रेष्ठ हालसम्म कुनैपनि विवादमा मुछिएका थिएनन् । तर, उनै श्रेष्ठको कार्याकाल सकिनै लाग्दा वडा कार्यालय तोडफोड हुनुलाई सत्ता साझेदार गठबन्धनले राजनीतिक प्रतिसोध साँधेको हुनसक्ने अड्कलबाजी गर्नेहरु पनि धेरै छन् ।

यसो त, वडा अध्यक्ष श्रेष्ठले चुनावबाट तर्सिएको एकीकृत समाजवादी र नेपाली काँग्रेसले वडामा एमालेको जनमत बिगार्ने उद्देश्यले कार्यालय तोडफोड गरेको आरोप लगाएका छन् ।

हुनपनि वडा अध्यक्ष श्रेष्ठको कार्यशैलीप्रति अहिलेसम्म केही आवाज नउठाएका काँग्रेससहित अन्य दलका कार्यकर्ताले गुण्डागर्दी शैलीमा वडा कार्यालयमाथि आक्रमण गर्नुलाई राजनैतिक प्रतिशोध हो भनी बुझ्नेहरु पनि छन् ।

अध्यक्ष श्रेष्ठको कामप्रति वडाबासीले खासै प्रश्न त उठाएका छैनन् तर पनि ‘हामीले सोचेजति काम वडामा भएन’ एक स्थानीयले भने । यद्यपी आक्रोसित भई वडा कार्यालय नै तोडफोड गर्नुपर्ने काम वडा अध्यक्षले नगरेको स्थानीयको भनाई छ ।

 

यो पनि…

‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत

वडाध्यक्ष श्रेष्ठ भन्छन्ः ‘एमाले र एमाले प्रतिनिधिलाई बदनाम गराउन रचिएको षड्यन्त्र’

‘सत्ताको आडमा सरकारी सम्पत्तिमाथि तोडफोड गरियो’–पाठक

‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’

एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको भन्दै सशक्त प्रतिवादमा उत्रन युवा संघको निर्देशन

यसमा तपाइको मत

Your email address will not be published.


*