वडाध्यक्ष श्रेष्ठ भन्छन्ः ‘एमाले र एमाले प्रतिनिधिलाई बदनाम गराउन रचिएको षड्यन्त्र’

अखबार हब
२०७८ चैत्र ४, शुक्रबार २१:०७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गोपालबहादुर श्रेष्ठले एमाले र एमालेका प्रतिनिधिलाई बदनाम गराउने उद्देश्यले गठबन्धनका कार्यकर्ताले वडा कार्यालयमा तोडफोड गरेको दाबी गरेका छन् ।

शुक्रबार (आज) दिउँसो गठबन्धनका कार्यकर्ताले वडा कार्यालयमा तोडफोड गरी वडाध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका थिए । घटनाबारे प्रतिक्रिया दिँदै श्रेष्ठले भर्खरै टुक्रिएर गएको नेकपा एकीकृत समाजवादी र वडामा सँधै हार्ने नेपाली कांग्रेसका कार्यकर्ताले वडामा एमालेको जनमत बिगार्ने उद्देश्यले तोडफोड गरेको आरोप लगाए ।

यो पनि…

‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’

‘सत्ताको आडमा सरकारी सम्पत्तिमाथि तोडफोड गरियो’–पाठक
‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत

 

‘यो वडामा प्रतिपक्ष असाध्यै कमजोर छ । वडामा जहिले पनि हार्ने कांग्रेस र भर्खरै फुटेर गएको एकीकृत समाजवादीका नेता कार्यकर्ताले स्थानीय निर्वाचनमा जीत हात पार्न सकिन्छ भनेर यस्तो हर्कत गरे ।’ वडाध्यक्ष श्रेष्ठले भने, ‘उहाँहरुको हतास मनस्थितिको उपज हो ।’

एमाले पार्टीबाट जितेपनि आफुले सबै दलका मान्छेलाई समान व्यवहार गर्ने गरेको उनको दाबी छ । जनताको काम गरेर जनमत बढाइरहेको अवस्थामा एमालेलाई कमजोर बनाउने उद्देश्यले गठबन्धनका कार्यकर्ताहरुले गलत काम गरेको उनले बताए । एमालेको जनमत देखेर गठबन्धनका नेता कार्यकर्ता तर्सिएको उनको भनाई छ ।

सुकुम्वासी बस्तीमा गएर गठबन्धनका नेता कार्यकर्ताले एमालेविरुद्ध भ्रम छर्ने गरेको उनले आरोप लगाए । सुकुम्वासीको लागि काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्दै उनले घटनाको घोर भत्सर्ना गर्दै आफु अलिकति पनि कमजोर नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*