‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत

अखबार हब
२०७८ चैत्र ४, शुक्रबार १८:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ८ नम्बर वडा कार्यालयमा भएको घटनाको विरोध जनाएका छन् ।

शुक्रबार हेटौंडा–८स्थित वडा कार्यालयमा भएको घटनाको बारेमा मियर महतले भने–‘सरकारी सम्पत्तिको तोडफोड गर्ने जो कोहीलाई कानून अनुसार कार्बाही हुनुपर्छ ।’ ‘आफ्ना असन्तुष्टि भए प्रत्यक्ष रुपमा राख्नुपर्छ, तोडफोड गर्ने कार्य निन्दनीय छ’ उनले भने ।

यो पनि…

वडाध्यक्ष श्रेष्ठ भन्छन्ः ‘एमाले र एमाले प्रतिनिधिलाई बदनाम गराउन रचिएको षड्यन्त्र’

‘सत्ताको आडमा सरकारी सम्पत्तिमाथि तोडफोड गरियो’–पाठक

‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’

८ नम्बर वडाअध्यक्ष गोपाल श्रेष्ठले भने आफु निरन्तर जनताको सेवामा खटिरहँदा पनि कार्यालय तोडफोड गर्ने कार्य भएको भन्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् । सबै वडा वासीहरुको हरेक काममा दिनरात नभनीकन काम गरेको तर उनीहरुको पराजित मनस्थितीका कारण तोडफोडमा उत्रिएको उनले बताए ।

तोडफोड गर्ने एक जनालाई प्रहरीले फक्राउ गरेको छ । अरुलाई खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनीहरुले वडा अध्यक्षको कुर्सी कार्यालय बाहिर सडकमा ल्याएर बिरोध प्रदर्शन गरेका थिए । स्थानीय निर्वाचन नजिकिँदै गर्दा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले गरेको कामलाई दाग लगाउने उद्देश्यले विपक्ष दलका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेको हुनसक्ने प्रत्यक्षदर्शीको भनाई छ ।

एता, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले प्रहरी घटना स्थलमा पुगेर घटनाको विषयमा जानकारी लिने क्रममा प्रदर्शनमा सहभागीले सेवाग्राहीको काममा ढिलाई गरेकोले प्रदर्शन गरिएको जानकारी आएको बताए । घटनामा संलग्न एक जनालाई कारबाही गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*