‘सत्ताको आडमा सरकारी सम्पत्तिमाथि तोडफोड गरियो’–पाठक

अखबार हब
२०७८ चैत्र ४, शुक्रबार २०:३५

मकवानपुर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मिलन पाठकले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयमा भएको घटनाको भत्र्सना गरेका छन् ।

सामाजिक सञ्चाल फेसबुकमार्फत उनले भनेका छन्– ‘आज वडा नं ८ को वडा कार्यालयमा केही अराजक समुहहरुद्वारा जुन हर्कत देखाए त्यो अमानवीय र दण्डनीय छ ।’ ‘सत्ताको आडमा जनताको प्रतिनिधि माथि दुव्र्यवहार गर्ने, सरकारी सम्पत्ति तोडफोड गर्ने, अराजकता फैलाउने जो सुकै होस् तुरुन्त काबारही होस् ।’ उनले भनेका छन् ।

यो पनि…

‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’

वडाध्यक्ष श्रेष्ठ भन्छन्ः ‘एमाले र एमाले प्रतिनिधिलाई बदनाम गराउन रचिएको षड्यन्त्र’ 
‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत

 

राष्ट्रिय यूवा संघ नेपाल जहिलेपनि सुशानको पक्षमा रहेको र दोषीमाथि प्रशासनले अभिलम्ब कारबाही गर्छ भन्नेमा विश्वास रहेको उनले बताए । साथै कुनैपनि बाहनामा कारबाही प्रक्रिया तत्काल अघि नबढाए यूवा संघ आफैं त्यस्ता उदण्डतालाई कारबाही गर्न सक्षम रहेको भन्दै फेसबुक स्टाटसमार्फत् चेतावनीसमेत दिएका छन् ।

शुक्रबार दिउँसो हेटौंडा–८ वडा कार्यालयमा स्थानीय केही युवाहरुले वडाध्यक्षले आफ्नो कुरा नसुनेको भन्दै कार्यकक्षमा तोडफोड गरेका थिए । साथै उनीहरुले वडाध्यक्षको कुर्सी सडकमा ल्याई प्रदर्शनसमेत गरेका थिए ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले गरेको कामलाई दाग लगाउने उद्देश्यले विपक्ष दलका नेता कार्यकर्ताहरुले यस्ता हर्कत गरेको हुनसक्ने प्रत्यक्षदर्शीको भनाई रहेको छ ।

घटनामा संलग्न एक जनालाई पक्राउ गरेको र अन्यको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले बताएका छन् ।