‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’

अखबार हब
२०७८ चैत्र ४, शुक्रबार २१:५८

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका सचिव नवीन सिग्देलले हेटौं उपमहानगरपालिका वडा नम्बर ८को कार्यालयमा भएको तोडफोडको विषयलाई लिएर भत्र्सना गरेका छन् ।

सामाजिक सञ्चालन फेसबुकमार्फत् उनले गठबन्धनको नाममा आएका केही व्यक्तीहरूले तोडफोड गर्ने र अध्यक्षको कुर्सी जलाउने प्रयास गर्नु दुःखद् र अराजक क्रियाकलाप भएको बताएका छन् ।

जनमतबाट कमजोर हुने देखिएपछि हतास मनस्थितिमा अराजकता मच्याइएको छ । यो अराजकता र गैरजिम्मेवार क्रियाकलापको जति भत्र्सना गरेपनि कम हुन्छ ।

यो पनि…

वडाध्यक्ष श्रेष्ठ भन्छन्ः ‘एमाले र एमाले प्रतिनिधिलाई बदनाम गराउन रचिएको षड्यन्त्र’

‘सत्ताको आडमा सरकारी सम्पत्तिमाथि तोडफोड गरियो’–पाठक
‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत

 

सरकारी सम्पतिको क्षति र अमानवीय क्रियाकलाप निरूत्साहित गर्न घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाही गर्न र सम्य, मर्यादित र विवेकपूर्ण वातावरणको सृजना गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन् ।

यस्तो छ स्टाटसः

 

3 thoughts on “‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’

यसमा तपाइको मत

Your email address will not be published.


*